विराटनगर । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन भन्दै प्रदेश १ का १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्ने १० सांसद पुगेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, कृष्ण कुमारी राई र सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !