काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक बुधबार दिउँसो ४ बजे बस्ने सचिवालयले जनाएको छ । देउवा नेतृत्वको सरकारमा ४ मन्त्री छन् । प्रधानमन्त्री नियुक्ति भएको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !