जनकपुर । जनकपुरधाम उपमहानगरपलिका तत्कालिन राजपाबाट निर्वाचित भएका ७२ जना मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेको छन् ।तत्कालिन राजपाबाट निर्वाचित भएर जनता समाजवादीमा प्रवेश गरेका ७२ जना मध्ये ५४ जनाले महन्थ ठाकुर नेतृत्वको नव गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।लोसपाका नेता मनोज चौधरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झा, हंसपुर नगरपालिकी उपमेयर रेणु झासहित ५४ जनाले लोसपा रोजेका हुन् । त्यसैगरि, जनकपुरधाम उपमहनगरपालिकाका वडा नम्बर १, ४, ६, ७, ८, ११, २० र २२ का वडा अध्यक्षहरूले समेत लोसपाको पक्षमा सनाखत गरेका छन् ।विभाजित भएको जनता समाजवादी पार्टीका नेतालाई निर्वाचन आयोगले आफ्नो ईच्छाएको पार्टी रोज्न भदौ २२ गतेसम्मको समय तोकेको थियो । मंगलबार जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिका जनप्रतिनिधीले सनाखत गराएका छन् । अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधले क्रमिक रूपमा सनाखत गराउने नेता चौधरीले बताए ।प्रदेश सासदहरूले बुधबार सनाखत गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए । सनाखतकै लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत पार्टीका शीर्ष नेताहरू बुधबार जनकपुर पुग्ने भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !