काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका छन् ।तर अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका छन् ।
पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो । अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन् ।
अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहित राजनीतिक दस्तावेज सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद चर्किएको छ ।मिश्रको दस्तावेज ‘उल्टो बाटो’ भएको भन्दै संयोजक पाण्डेसहित चार शीर्ष नेताले काउन्टर प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यसयता पार्टीमा औपचारिक संवाद ठप्प थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !