Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जवानीमा अपराध, बुढेसकालमा जेल

विराटनगर । २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्‍यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो। जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो। २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर गर्‍यो । अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे। त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो। ३६ वर्ष अघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परे। ८७ वर्षको गलेको शरीर लिएर चौधरी जेल पुगेका छन्।

चाउरिएको अनुहार, खोपिल्टा परिसकेका गाला, गाडिएका आँखा र अधिकांश दाँत झरिसकेका चौधरीलाई सुताउन र उठाउनसमेत सहारा चाहिन्छ। तत्कालीन विराटनगर–४ (हाल विराटनगर महानगरपालिका) का धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो। धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो। धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो। अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो।

अदालतको फैसलापछि प्रहरीले उक्त घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो। हरिप्रसाद सरदार बातर, जोखन सरदार बातर, ठकुरु भनिने ठक्कुलाल सरदार बातर, रामनारायण खवास, अर्जिलाल खवास र निमालाल खवास पक्राउ परेको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले बताए। शिवना सरदार बातरबाहेक अरूलाई ज्यानसम्बन्धी मुद्दामा २० वर्ष र डाँकातर्फ ६ वर्ष कैद सजाय भएको थियो। शिवनालाई ज्यान मुद्दामा ३ र डाँकामा ६ वर्ष कैदको फैसला भयो।

त्यस्तै घटनामा संलग्नमध्ये उजारी र शिवनालाई ३ हजार ९ सय तथा अरूलाई २० हजार ६ सय १० रुपैयाँका दरले जरिवाना भएको पाइएको छ। दोषी ठहर भएका सबैलाई ९ सय ८१ रुपैयाँ ४५ पैसाका दरले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि फैसलामा उल्लेख भएको धमलाले बताए।

घटनामा संलग्न चौधरीसहित ८ जना फरार थिए। चौधरी र अर्का दोषी ५२ वर्षीय शिवना सरदार बातरलाई हालै पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘२०४२ सालको घटनामा संलग्न फरार ८ जनामध्ये २ जनालाई पक्राउ गरियो। अरू ६ जना कहाँ र कस्तो अवस्थामा छन् भनेर खोजी जारी छ,’ डीएसपी दीपक श्रेष्ठले भने, ‘अवस्था बुझेर अरूलाई पनि पक्राउ गर्छौं। कतिपयको त मृत्यु पनि भइसक्यो होला।’ डीएसपी श्रेष्ठले उक्त घटनाका पीडित परिवारसँग भने सम्पर्कमा नआएको बताए।

उजारीले २० वर्ष जेलको सजाय पाए पनि ज्येष्ठ नागरिकको सुविधाका लागि अदालतमा निवेदन दिएका थिए। न्यायाधीश किशोर घिमिरेको इजलासले ७५ प्रतिशत कैद सजाय मिनाहा गरेको छ। उनले ५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ। चौधरीको शारीरिक अवस्था निकै गलेको छ। अदालतका सूचना अधिकारी धमलाले भने, ‘कारागारबाट सकुशल फर्कन्छन्, फर्कंदैनन् भन्ने अवस्थामा जेल चलान गरिएको छ।’ अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh