काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल कार्यदलका दुई जना प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्का छन् ।
स्रोतका अनुसार उनीहरुले आफूलाई बौद्धको सिभिल प्रहरी भएको बताउँदै बौद्धका लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएका थिए । दुवै जनालाई आज विमानस्थलबाटै नियन्त्रणमा लिइएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले उनीहरुलाई पक्राउ गरेको पुष्टि गर्दै यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !