Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानसेनापति प्रभुराम शर्माका यस्ता छन् चुनौती र अवसर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनामा स्वच्छ छवि र व्यावसायिक अधिकृतको रुपमा हेरिएका बलाधिकृत तथा बलाध्यक्ष रथी प्रभुराम शर्मालाई शुक्रबार प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिने भएपछि शर्मा सोही मितिदेखि कमाण्ड सम्हाल्ने गरी प्रधानसेनापतिमा नियुक्त भएका हुन् । सेनाबाहिर खासै चर्चा नभएका शर्मा सेनाको ४४औं प्रधानसेनापतिमा नियुक्त भएका छन् ।

कायम मुकायम प्रधानसेनापति शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका रथी शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार मानिन्छन् ।

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाका क्रममा गुल्म, गण, बाहिनी, पृतनालगायत जंगी अड्डास्थित सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्ष एवं सम्भाररथीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका कायम मुकायम प्रधानसेनापति शर्मालाई नेपाली सेनाको हरेक जिम्मेवारीका बारेमा नजिकबाट अनुभव र ज्ञान छ ।

संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत पूर्वीटिमोरमा गुल्म र कंगोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गर्ने अवसर प्राप्त गरेका शर्मा भारतमा सम्पन्न भएको नेपाल भारत द्विपक्षीय सल्लाहकार समूहको भेलामा समेत सहभागी भएका छन् । यस्तै सैनिक सहचारीका रुपमा समेत बंगलादेशमा खटिएका शर्मा ‘आर्मी डिप्लोमेसी’ समेतका जानकार हुन् ।

  • यस्ता छन् चुनौती

सेनामा ‘देखाउने एउटा तर गर्ने अर्कै’ र ‘कारबाहीका लागि कारबाही’ खुबै चलेका दुई प्रचलन हटाउनु प्रधानसेनापतिका रुपमा शर्माको पहिलो चुनौती हुनेछ । यस्तै देश शान्ति प्रक्रियामा अघि बढेपनि अझै युद्धकै धङधङी बोेकेका सैनिक अधिकृतहरुलाई नियमित र व्यावहारिक तथा नागरिकमैत्री र सैनिकमैत्री बनाउनु उनका लागि अर्को चुनौती हुनेछ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो गण र विशेष फौजलाई दिएको अत्यधिक महत्वले सैनिक संरचनामा पारेको असरबाट सबै विदितै छन् । यतिबेला अनाहकमा कारबाही भोगेर सेना छाडेका र आफू निर्दोष रहेको प्रमाण बोकेर सैनिक अदालतमा पेशी कुरेर बसेका सैनिक अधिकृत र जवानलाई न्याय दिनु पनि महारथी शर्माका लागि कम चुनौती हुनेछैन ।

यस्तै पछिल्लो समय सेनामा नातावाद र कृपावादको भाव मौलाएको छ । यस्तै, प्रतिशोधको भाव र पैसाप्रति मोह पनि उत्तिकै बढेको छ । जसका कारण सेनाका धेरै गतिविधि आलोचनाको घेरामा परेका छन् । यस्तै पैसाकै लागि गैर सैनिक व्यवहार र आफू अनुकूल बनेका निर्देशिका र नियम सच्याउने जिम्मेवारी समेत महारथी शर्माकै काँधमा छ ।

त्यसकारण हालसम्म कुनै विवादमा नपरेका शर्मालाई अब आफ्नै संगठनभित्र र बाहिरका यस्ता कुनै पनि किसिमका चलखेलबाट जोगिनुपर्ने चुनौती छ । साथै, सेनाबाट नातावाद, कृपावाद र प्रतिशोधको भावना हटाउने, आर्थिक उपार्जनको मोह घटाउने चुनौती उनी सामु छन् । सेनामा सबैलाई समेटेर लैजानुपर्ने जिम्मेवारी पनि उत्तिकै छ । हालै मात्र सेनामा तीन जोर एक कमाण्ड संरचना लागू भएको छ । त्यसलाई प्रभावकारी बनाउनुपर्ने जिम्मा शर्माको काँधमा छ ।

सेना जहिल्यै पनि राजनीतिक विवादबाट पर रहँदै आएको छ । राजनीतिले सेनालाई गिजोल्ने प्रयास गरे पनि हालसम्म सफल हुन सकेको छैन । सेनाले सत्ताको सधैं संवैधानिक आदेशहरुलाई मात्र पालना गर्दै आएको छ । त्यसकारण शर्मालाई पनि सेनाको त्यो शाख जोगाइराख्नुपर्ने चुनौती हुनेछ ।राजनीतिक दाउपेज र स्वार्थबाट बच्नुपर्ने, विवादमा आउनसक्ने व्यवहार र बोलीमा ध्यान दिनुपर्नेछ । यस्तै, राजनीतिक दबाबलाई पनि ‘ह्यान्डल’ गर्नसक्ने

भूमिका शर्माबाट अपेक्षा गरिनेछ ।

  • अवसर पनि उस्तै

शर्मा प्रधानसेनापतिका लागि धेरै पहिलेदेखि ग्रुमिङ पाएका भाग्यमानी अधिकारी हुन् । उनी अघिल्लो प्रधानसेनापतिको पालादेखि नै प्रधानसेनापतिको दाबेदार भएका थिए । उनको प्रतिस्पर्धी कोही नभएपछि प्रधानसेनापतिका लागि तयारी पनि गर्न पाए । अब त्यो अनुभवलाई कार्यान्वयन गरेर देखाउने अवसर छ ।शर्मा सेनामा क्रमभंगता कायम गर्दै प्रधानसेनापति भएका हुन् । ब्राह्मण समुदायका उनी पहिलोपल्ट यो समुदायबाट प्रधानसेनापति भएका छन् ।

यसअघि प्रधानसेनापतिहरुले प्रतिबद्धताअनुसार काम गर्न सकेको देखिँदैन । विभिन्न स्वार्थ समूहको चंगुलमा परेर उनीहरुविवादित पनि भए । अवकाश प्राप्त गर्न लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा पनि विवादबाट पर रहन सकेनन् ।थापाले सेनामा आचरण, शुद्धीकरण र विकासको अदभूत ‘मोडल’ स्थापना गरेको दाबी गरे पनि आफूनिकटहरुका लागि सैनिक नियम लागू नै हुने कार्य गर्दा विवादमा आए । त्यसकारण त्यस्ता विवादबाट बच्दै सेनालाई साँच्चै व्यावसायिक बनाउने अवसर शर्मालाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh