काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओलीले एमालेबाट छुट्टिएका माधवकुमार नेपाललाई पहेंलिएका ‘पात’को संज्ञा दिँदै रुख नढल्ने बताएका छन्।
शनिबार ललितपुरमा युवा संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई पहेँलिएको पातको संज्ञा दिँदै एमाले रुख भएको उनले बताए ।
उनले भने, ‘एक दुईवटा पात पहेँलिएर खस्दैै रुख ढल्दैन । झ्न नयाँ नयाँ पालुवा पलाउँदै जान्छन्न । हाँगा पलाउँदैछन् ।’
रुखबाट पातहरू खस्दैमा पीर माने बस्न पनि नहुने उनको भनाइ थियो । पातहरु खस्दा झन् मजबुत हाँगाहरू पलाउने उनले बताए ।
एमाले सिध्याउन लागि परेका नेपाललाई पटक पटक सम्झाउँदा पनि केही सीप नलागेको उनले बताए । उनले भने, ‘एमालेलाई सिध्याउँछु, देशलाई अफ्ठ्यारो पार्छु भनेर लागेपछि। विदेशी दलालीसँग कसम खाएर लागेपछि सम्झाएर हुन्छ ? पार लाग्दैन। सम्झाउन खोजेँ पार लागेन ।’
नेपाललाई पाँच÷पाँच पटक भेटेर सम्झाएको तर, सम्झाउन नसकेको उनले बताए । अब, यसमा कसैले चिन्ता गरेर बस्न नहुने पनि बताए।
साथै, नेपालले मोर्चा कसेर एमालेविरुद्ध लडे पनि नसक्ने पनि उनले बताएका छन् । उनले भने, एमालेविरूद्ध मोर्चा बनाउँछन् रे। मिलेर लड्ने हो रे। माधव नेपालका नक्कली नाम, दोहोरिएका नाम जोड्दा ५५ र २९ जना मिलेर एमालेसँग लड्ने रे, कुरामा उहाँहरू लड्नुहुन्छ। मैदानमा व्यवहारमा होइन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !