काठमाडौं । ललितपुरको इमाडोलमा संचालित जुवा खालमा प्रहरीले छापा मारेको छ । खालबाट रकम हार–जित हुनेगरी जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका घर भएका अमित कुमार केसी, सन्तोष केसी, अनिल महर्जन, केदार नेपाल, दिनेश केसी र ललितपुरको गिम्दी घर भएका सरोज कुमार रुम्बा सहित ११ जना छन् ।प्रहरीले जुवा खालबाट २ लाख ३४ हजार नगद र २० हजारको चेक बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !