काठमाडौं । सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा उच्च अदालतका पूर्व मुख्यन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्व मुख्यन्यायाधीश रहिसकेका जागेश्वर सुवेदीलाई कानुन आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
यसअघि कानुन आयोगमा माधव पौडेल अध्यक्ष रहेका थिए । उनले अवकाश पाएपछि आयोगको अध्यक्ष पद रिक्त रहँदै आएको थियो।
कानुन आयोगले सरकारलाई कानुन मस्यौदा गर्न, कानुनी सहयोग र सरकारको कानुनको प्रारुप मिलाउने कार्य गर्ने जिम्मेबारी पाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !