काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवगठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई दक्षिणपन्थी भनेकोप्रति आपत्ति जनाएका छन्।
‘दक्षिणपन्थी पूँजीवादी’ नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरुले एमालेलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो भएको रावलको भनाइ छ।
‘दक्षिणपन्थी पूँजीवादी नेकां (नेपाली कांग्रेस) संग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो,’ रावलले ट्वीट गर्दै भनेका छन्, ‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो।’
नेकपा एमाले विभाजन गरी गठन भएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधानिकता पाएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका अध्यक्ष माधव नेपालले एमाले दक्षिणपन्थी भासमा जाकिएको बताएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !