काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले सचिव भीम आचार्यका भाई रामप्रसाद आचार्यको मृत्यु भएको छ । सुनसरी प्रहरीका अनुसार उनी आफ्नै निवासमा मृत भेटिएका हुन् ।
घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली इनरुव नगरपालिका ३ स्थित आचार्य निवासमा पुगेको थियो । सो क्रममा ५९ वर्षीय रामप्रसाद मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाको अवस्था हेर्दा अन्य मानिसको संलग्नता नरहेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
उनी मृत भेटिएको कोठा भित्रबाटै चुकुल लगाइएकोले मृत्युको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । यद्यपि घटनाको बारेमा गहन अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।
उता भीम आचार्य भने एमाले संसदीय दल प्रदेश १ को नेतामा आजै चयन भइसहेको छन् । उनले आजै मुख्यमन्त्रीको पद बहाली गर्ने तालिका सार्वजनिक भइसहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !