विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकले नयाँ मुख्यमन्त्रीसँगै मन्त्रीहरुको टुङ्गो लगाउने तयारी गरेको छ ।एमाले प्रदेश १ संसदीय दलको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दै छ । बैठकमा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र भीम अचाार्यलाई संसदीय दलको नेता बनाउने तयारी छ ।
मुख्यमन्त्री राईको प्रस्तावमा एमाले सचिव भीम आचार्य आजै मुख्यमन्त्री बन्दै छन् । आचार्यको शपथग्रहणका लागि दिउँसो १ बजेको समय तोकिएको छ । नयाँ मुख्यमन्त्रीसँगै प्रदेशका मन्त्रीहरुले पनि आजै शपथग्रहण गर्ने तयारी छ ।
नेकपा (एमाले) स्रोतका अनुसार मुख्यमन्त्रीसँगै ४–५ जना मन्त्रीले आजै शपथग्रहण गर्ने सम्भावना छ । मन्त्री बन्ने सूचीमा माधवकुमार नेपालको साथ छाडेकाहरुलाई प्राथमिकतामा राखिएको छ ।स्रोतका अनुसार नेकपा एमाले स्रोतका अनुसार माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी, यशोदा अधिकारी, होमकुमारी साँवा र बलबहादुर साम्सोहाङ मन्त्री बन्ने सम्भावना छ । माधव समूहमा रहेका अन्य सांसदलाई पनि मन्त्री बनाउने सम्भावना छ ।
नेकपा एकीकृत समाजवादीका एक नेताका अनुसार मन्त्री बन्नका लागि आफ्नो पक्षका सांसदलाई फोन गरिरहेका छन् ।मन्त्री बन्ने लाइनमा बिमल कार्की, तुलसीप्रसाद न्यौपाने, श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकीलगायत छन् । मैनाली र बुढाथोकी गत पुसमा माधव नेपालको समूह छाडेर ओली समूहमा प्रवेश गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !