काठमाडौं । दाङमा व्यक्ति हत्याका फरार अभियुक्तलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।०६२ मंसिरमा सामान्य विवादमा घोराही–४ घर भएका डम्बर बुढाथोकीलाई कुटेर हत्या गरेको अयिभोग लागेका ३७ वर्षीय प्रकाश नेपाली पक्राउ परेका हुन् ।
च्च अदालत तुलसीपुरले २०६७ मा उनलाई ८ वर्ष कैद सजाय गर्ने फैसला गरेको थियो । हत्याको घटनापछि फरार नेपालीलाई गोरखाको अजिरकोटस्थित झ्याल्लाबाट गोरखा प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !