काठमाडौं । आयुर्वेद औषधीको बट्टामा लागूऔषध गाँजा लिएर कतार जान लागेका एकजना यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विनमास्थलबाट पक्राउ परेका छन् । उनलाई मंगलबार विमानस्थल सुरक्षा गार्डले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मंगलबार साढे १० बजे कतार एयरवेजको उडानबाट दोहा जान लागेका चितवन खैरेनीका २९ वर्षीय बुद्धीराज पाठकलाई पक्राउ गरिएको हो ।
उनले बोकेको कालो रंगको झोला खानतलासीगर्दा लागूऔषध गाँजा करिब एककिलो ग्राम फेला परेको हो ।
विमानस्थल प्रहरीका अनुसार पाठकले लगेजमा ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदीक औषधी उद्योग गोकर्नेश्वर–१, काठमाण्डौं लेखिएको सिल गरेको बट्टाहरु आठ सयग्राम गाँजा लुकाएर लैजान लागेको अवस्थामा फेला परेको हो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट विमानस्थलमा खटिएका प्रहरी टोलीलाई बुझाइएको सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !