उदयपुर । उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश १-०२-०४१ प १८०८ नम्बरको मोटरसाईकलको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ८० बर्षीय राम बहादुर श्रेष्ठ रहेका छन् ।
हिजो बेलुका ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको हो । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका ३ झुमका का २४ बर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ बर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् ।
स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात मोटरसाईकल चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !