काठमाडौं । अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएसले आक्रमण गर्नसक्ने भन्दै आफ्ना नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।
शनिबार सुरक्षा अलर्ट जारी गर्दैै अमेरिकाले राजधानी काबुलमा आईएसले आक्रमण गर्न सक्ने भन्दै आफ्ना नागरिकहरुलाई चेतावनी दिएको हो ।
बिशेषगरी अफगानिस्तानको अन्तराष्ट्रिय विमानस्थलमा आईएसले आक्रमण गर्न सक्ने अमेरिकाको अनुमान रहेको छ । उसले आफ्ना नागरिकहरुलाई आँखै अगाडिको खतराबाट जोगिनु भन्दै सुझाएको छ ।
त्यस्तै अमेरिकाले अफगानिस्तानमा हुनसक्ने खतरालाई निगरानीका साथ हेरिरहेको पनि बताएको छ । त्यसका लागि बच्न सक्ने वा सुरक्षित रहनका लागि पनि विकल्पहरु खोजी गरिरहेको जनाएको छ । साथै अमेरिकाले आफ्ना नागरिकहरुलाई सरकारको प्रतिनिधिहरुको निर्देशनमा मात्रै हिड्न आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !