बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार किलो केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ ।बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्वर कार्कीले बताए ।
तस्करहरुले सो केराउ ८ वटा साइकलमा राखेर भारततर्फ लगिरहेका थिए ।साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि संलग्न व्यक्तिहरु साईकल छोडी भागी फरार भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !