काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल समूहले दर्ता गराएको नयाँ पार्टी सनाखत हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । समाजवादी केन्द्र, नेपालले विहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले विहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि कुरा भएकाले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।प्रचण्डले जति छिटो पार्टीको सनाखत हुन्छ त्यति नै चाँडो मन्त्रिपरिषद् गठन हुने उल्लेख गरे । त्यस्तै उहाले एमाले अध्यक्ष केपी ओलीले ल्याएको अध्यादेश संविधान र लोकतन्त्र सिध्याउने उद्देश्यको र अहिलेको अध्यादेशको लोकतन्त्र, गणतन्त्र संविधानको रक्षाको लागि भएको दाबी गरे ।
विहीबार समाजवादी केन्द्र नेपालको कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको अध्यादेशको उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नका लागि ल्याइएको दाबी गरे । पहिला र अहिलेको अध्यादेशबीचमा आकाश जमिनको फरक रहेको उनको भनाइ छ ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पुँजीवादीका एउटा पात्रको भएको टिप्पणी गरे । भट्टराईले एमालेभित्र माधवकुमार नेपालहरुले गरेको विद्रोहले देशलाई नयाँ समाजवादको मोडलेतिर लैजान सकिने धारणा राखे ।
बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफहरुले पनि त्यसो गर्न नहुने उनको भनाइ छ । कार्यक्रममा बामदेव क्षेत्रीद्वारा लिखित कृषि र समाजवाद पुस्तकको बिमोचन गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !