काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले समाजवादी नेपालका अध्यक्ष माधव कुमार नेपाललाई व्यङ्ग्य गर्दै एउटा इँटा खुस्किदा पूरै भवन नै ध्वस्त नहुने टिप्पणी गरेका छन् ।
बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताउँदै यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने बताएका छन् ।
उनले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’

















