काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई भेट्न उपसभापति बिमलेन्द्र निधि आज भारत जाँदै हुनुहुन्छ ।
नेता गिरी एकसाता अघिबाटै भारतमा उपचाररत हुनुहुन्छ ।
उपचारको क्रममा गिरीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै भेट्नका लागि आज उपसभापति निधि भारत जान लाग्नु भएको हो । हाल गिरीको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।
निधि जनकपुरबाट दरभंगासम्म सवारी साधनमा जाने र त्यहाँबाट जहाजमार्फत मुम्बई जानेकार्य तालिका रहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !