Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्ष ओली नसुध्रिए मध्यमार्गीहरू गुमाउने अवस्थामा


काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न बुधबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपालले बेग्लै दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सो पार्टीको विभाजनले औपचारिकता पाएको छ। बुधबार पेस गरिएको पत्रमा पार्टीको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको छ।

पार्टी अध्यक्षमा नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहने भनिएको छ। चुनाव चिह्न भने अहिले टुंगो लगाइएको छैन। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । २०७७ फागुनयता एमालेमा समानान्तर क्रियाकलाप जारी थियो। एउटै नाममा दुई पार्टीको अभ्यास चलिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालपक्षका सांसदहरुलाई पटक-पटक स्पष्टीकरण सोधेका थिए।

केही पटक नेपालसहितका नेताहरु पार्टीबाट निष्कासनमा परेका थिए। पार्टीभित्र सिर्जना भएको अविश्वास र असझदारीका कारण वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा नेपालपक्षका सांसदहरु अनुपस्थित भएका थिए। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा भने नेपालपक्षका सांसदहरुले ‘फ्लोर क्रस’ गरी उनलाई मत दिएका थिए। एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ । पार्टीभित्र अध्यक्ष ओलीको ‘अपमानले आजित’ भएर ६९ वर्षको उमेरमा राजनीतिको नयाँ अध्याय सुरु गर्ने कठोर निर्णय लिएका छन् ।

दुवै पक्षका केही नेताहरु पार्टी एकताका लागि कार्यदलको रुपमा र स्वतन्त्र रुपमा निरन्तर संवादमा थिए। जसको कारण पार्टी एकता भइहाल्छ कि भन्ने धेरै कार्यकर्तामा आश पनि जीवितै थियो। गत असार २७ गते राति कार्यदलले १० बुँदे सहमति गरेपछि त्यो आशा झनै बढोत्तरी भएको थियो। तर, त्यसले पार्टीको घाउ निको पार्न सकेन। पछिल्ला दिनमा दुई अध्यक्ष राख्ने गरी सहमतिको खोजी पनि भइरहेको थियो। तर, त्यसले सार्थकता पाउन सकेन। करिब पाँच महिनासम्म चलेको एमालेको आन्तरिक किचलोको अन्त्य भएको छ। तर, नेपालले जुन शक्तिका साथ पार्टी विभाजन गर्लान् भन्ने ठानिएको थियो, त्यसो हुन भने सकेन।

यो विभाजन निकै कमजोर सांगठनिक शक्तिका साथ भएको छ। २०५४ फागुन २१ मा वामदेव गौतम नेतृत्वको समूहले एमाले फुटाएर नेकपा माले बनाएको थियो । त्यसबेला ओली र नेपाल एकै ठाउँमा थिए भने अहिले नेता झलनाथ खनालले नेपाललाई साथ दिएका छन् । तर, गौतमले भने हस्ताक्षर गरेका छैनन् । केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत संख्या पुर्याकएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायतले आयोग पुगेर नयाँ दल दर्ताको निवेदन दिएका थिए ।

नेपाललाई एमालेको केन्द्रीय कमिटी (२०३ सदस्यीय) का ५८ सदस्यले साथ दिएको पाण्डेको दाबी छ । कुल केन्द्रीय सदस्यमध्ये २८ दशमलव ५६ प्रतिशत छन् । तर, नयाँ दल भने ९५ सदस्यीय छ । तर, लामो समय नेपाल समूहमा रहेका मुख्य नेताहरूले भने निर्णायक बिन्दुमा उनलाई साथ दिएका छैनन् । केन्द्रीय सदस्यमा नाम भएका प्रदीप नेपालले आफू तटस्थ रहेको बताएका छन् भने कृष्ण खनाल र भानुभक्त जोशीले आफूहरू नेपाल नेतृत्वको पार्टीमा नरहेको घोषणा गरेका छन् ।

यसले एमाले समाजवादी पार्टीका आगामी दिनहरु सुनौला होलान् भन्नेमा आशंका जन्माएको छ। पार्टीभित्र विवाद बढ्दै गएका बेला ओलीप्रति तीव्र आक्रोश व्यक्त गर्ने भीम रावल, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त जस्ता नेताहरु अन्तिममा नेपालपक्षमा उभिएनन्। पछिल्ला महिना नेपालसँग पनि निकट हुन छाडेका युवराज ज्ञवाली, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेजस्ता स्थायी कमिटी सदस्यहरुले अन्तिममा नेपाललाई नै साथ दिने अपेक्षा गरिएको थियो। तर, उनीहरुले पनि आफ्ना पक्षधरता खुलाएनन्। उनीहरुले न त ओलीलाई रोजेका छन्, न नेपाललाई साथ दिएका छन्।

नेपालपक्षमा रहेकी प्रस्ट र मुखर उनले अन्तिममा नेपाललाई साथ दिइनन् मात्रै होइन, बागमती प्रदेशको मुख्यमन्त्री पदलाई रोजेकी छन्। त्यहाँ बुधबार नै मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर शाक्यको लागि बाटो खालि गरिदिए । नेपाललाई साथ दिएका कतिपय नेताहरु उनकै साथमा रहने सम्भावना कम छ। त्यसको सुरुआत प्रदीप नेपालले गरिसकेका छन्। बुधबार निर्वाचन आयोगलाई बुझाइएको ९५ जना केन्द्रीय सदस्यको सूचीमा नेपालको नाम चौथो नम्बरमा छ। तर, सूची सार्वजनिक भएको केहीबेरमै उनले त्यसपछि असन्तुष्टि जनाएका छन्।

‘मेरो सहमति नलिइ मेरो नाम नेकपा एमाले समाजवादी पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखिएकोमा मेरो सहमति नभएको जानकारी गराउँछु,’ फेसबुकमा उनले लेखेका छन्। नेता नेपाललाई प्रभावशाली नेताहरुको ‘धोका’ दिएको देखिन्छ। पार्टीका तर्फबाट आमसमुदायलाई अपिल गर्ने, सार्वजनिक रुपमा धारणा राख्ने, रणनीतिक रुपमा मिडियामार्फत् विषयलाई बहसमा ल्याउनेजस्ता काममा पोख्त नेताहरु नेपालको साथमा देखिँदैनन्। दल दर्ताको निवेदन दिएपछि नेपाल पक्षले एमालेमा अलमलिएर बसेका नेताहरूलाई नयाँ पार्टीमा आउन आग्रह गरेका छन् । ‘हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउँछौं, एमालेमा अलमलिएर रहेका साथीहरूलाई पनि आउन आग्रह गर्छौं,’ निवेदन दर्तापछि पाण्डेले भने ।

प्रतिनिधिसभाका २२ र राष्ट्रिय सभाका ८ सांसदले साथ दिएको उनले दाबी गरे । नेता नेपालले एमाले पुनर्गठन र रूपान्तरणको महाअभियानमा जुट्न अपिल गरेका छन् । ‘नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानका क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौं,’ नेपाले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँमा खट्नु हुन र सहयोग पुर्यारउनु हुन सबैमा हार्दिक अपिल गर्दछौं ।’ नेपाललाई साविक एमालेको स्थायी कमिटी सदस्यमध्ये मुकुन्द न्यौपानेले मात्रै साथ दिएका छन् ।

एमालेको २२ सदस्यीय स्थायी कमिटीमा रहेका नेपाल, खनाल र न्यौपाने मात्रै नयाँ पार्टीमा छन् । २०३ सदस्यीय एमालेको केन्द्रीय कमिटीमा नेपालपक्षमा ८५ भन्दा माथि नै सदस्य रहेको बताइन्थ्यो। तर, बुधबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेस गर्दाको केन्द्रीय कमिटीमा साविक एमालेबाट ५८ जना मात्रै सदस्य रहेको राजेन्द्र पाण्डेले बताए। पार्टीभित्र विवाद बढ्दै गएको बेलामा उनले आफ्नो समूहका धेरै नेताहरुलाई साथमा राख्न नसकेको देखिन्छ। नेपालको साथ छाडेका यी नेताहरू दसबुँदे सहमति अक्षरशः कार्यान्वयन भए एमालेमै रहने भएका छन् । ‘दसबुँदे सहमतिको अक्षरशः कार्यान्वयन हुने भयो भने हामी एमालेमै रहन्छौं,’ सचिव विष्टले भने । १४ वर्षसम्म एमालेको मुख्य नेतृत्वमा रहेका नेपालले नयाँ पार्टी बनाउने निर्णय लिँदा उनले धेरैको साथ गुमाएका छन् । नवौं महाधिवेशनमा उनकै समूहबाट चुनाव जितेका प्रभावशाली नेताहरू नयाँ दलमा छैनन् ।

बुधबारै उनीबाट जारी अपिलले त्यसको संकेत गर्दैन। जसको अधिकांश हिस्सा उनले ओलीको आलोचनामा खर्चिएका छन्। बेग्लै पार्टी हाँक्ने सिटमा बसिसकेपछि ओलीको आलोचना अब प्रमुख विषय बन्न सक्दैन। उनले आफू र आफ्नो पार्टीप्रति आशा देखाउन सक्नुपर्नेछ। तर, उनको भनाइ छ- ‘नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ। त्यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ।

नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौँ।’ नेपालका लागि अर्को जटिल जोखिम आगामी चुनाव हो । वैशाखमा हुने स्थानीय तहको होस् वा प्रदेश र संघीय चुनाव, उल्लेखनीय उपस्थितिसहित नतिजा दिनुपर्ने चुनौती उनका अगाडि छ । एमालेको संस्थापन पक्ष उनीप्रति चुनावमा अनुदार हुनेछ, जसले उनलाई अप्ठेरोमा पार्न सक्छ । त्योभन्दा बढी एमाले नाम र सूर्य चिह्न छाडेर चुनावी मैदानमा उत्रँदा उनले मनोवैज्ञानिक दबाबको सामना गर्नॅपर्नेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh