Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पौडेललाई आन्तरिक राजस्वको महानिर्देशक बनाउने तयारी

काठमाडौं । आन्तरिक राजस्व विभाग र प्रधानमन्त्री कार्यालय अन्तर्गतका २ वटा विभागका महानिर्देशक फेरबदल हुने भएका छन् । अर्थमन्त्रालय भर्खरै सरुवा भएका सहसचिवहरुको दौड सुरु भएको छ । केही दिनअघि सहसचिवहरु शोभाकान्त पौडेल, भूपाल बराल, नारायण सापकोटा, रमेशकुमार केसी र केदारनाथ शर्मा अर्थ मन्त्रालयमा सरुवा भएका छन् । आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई पठाउन लागिएको छ ।

पौडेल संचार तथा सूचना प्रविधि मन्त्रालयबाट एक साताअघि अर्थमन्त्रालयमा सरुवा भएका थिए । प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई पठाउन लागिएको छ । पौडेल हाल बाणिज्य, आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका महानिर्देशक छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा प्रेम भट्टराईलाई लैजाने तय भएको छ ।

भट्टराई हाल भक्तपुरका प्रमुख जिल्ला अधिकारी छन् । हाल आन्तरिक राजस्व विभागको महानिर्देशक झक्कप्रसाद आचार्य छन् । राजस्व अन्ुसन्धानको महानिर्देशक रामप्रसाद आचार्य छन् भने सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देश्क गजेन्द्र ठाकुर छन् ।

जनार्दन शर्मा अर्थमन्त्री भएपछि आन्तरिक राजस्व विभागको महानिर्देशकको दाबी सहसचिव झलकराम अधिकारीले गर्दैआएका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव अधिकारी माओवादीका कट्टर समर्थकका रुपमा छन् । त्यही भएकाले आन्तरिक राजस्व विभागको महानिर्देशकका दाबेदारका रुपमा आफूलाई ठान्दैआएका थिए । तर उनलाई अर्थमन्त्री शर्माले मन्त्रालयमै ल्याएनन् । झलकराम अधिकारीलाई अर्थमै इन्ट्री नगराएपछि विभागको महानिर्देशकमा शोभाकान्त पौडेलले सशक्त दाबी गर्ने मौका पाएका छन् ।

हाल आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्य छन् । उनलाई यसअघिको सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले महानिर्देशक बनाएका थिए ।सहसचिव पौडेल एनसेल खरिद बिक्री गर्दा नेपाललाई प्राप्त हुने ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माका विश्वासिला सहयोगी हुन् । शर्मा आन्तरिक राजस्व विभागका महानिर्देशक र पौडेल ठूला करदाता कार्यालयका प्रमुख भएको बेला एनसेलको लाभकर छली भएको थियो ।

एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने शर्मा र पौडेल नै भएको आरोप लागेको थियो । चुडामणि शर्माबिरुद्ध अख्तियारले कर फछ्र्योट आयोगको अध्यक्ष हुँदा कानून विपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ५ सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा गएको असार ९ मा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।चुडामणि शर्मा र पौडेलकै योजनामा ७२ अर्ब लाभकर छली गर्ने टेलियासोनेरालाई नेपालबाट भगाइएको थियो । ठूला करदाता कार्यालयको प्रमुखका रुपमा पौडेलको भूमिका एनसेलबाट लाभकर असुलीतिर भन्दा लाभ लिनेमै केन्द्रित रहेको थियो । शोभाकान्त पौडेल एनसेल खरिद बिक्री हुँदा २०७२ मा ठूला करदाता कार्यालयका प्रमुख थिए ।

२०७२ चैत ३० मा टेलियासोनेरा सेयर किनबेचको सम्पूर्ण प्रक्रिया टुंग्याएर नेपालबाट बाहिरिएपछि मात्र ठूला करदाताका तत्कालीन प्रमुख पौडेलले एनसेललाई पूँजीगत लाभकर तिर्न पत्र लेखेका थिए । १ सय ३० अर्ब रुपैयाँको उक्त सेयर किनबेचमा पूँजीगत लाभकर तिराउनुपर्ने कुरा पहिल्यै थाहा भएर पनि टेलियासोनेराले एजियटालाई बिक्री गरेर बाहिरिसकेपछि पत्र काटिएको थियो । लाभकर बिक्री गर्ने कम्पनीले तिर्ने हो, बिक्री गर्ने कम्पनी देशबाट बाहिरिसकेपछि पौडेलले पत्र काटेर असुली गर्ने हास्यास्पद काम गरेका थिए ।

टेलियासोनेराले सेयर बिक्रीबापत् सबै रकम लिएको भोलिपल्ट ठूला करदाता कार्यालयले ‘आयकर ऐन २०५८ को दफा ९५ ‘क’ बमोजिम अग्रिम कर असुल गरी दाखिला गर्न’ एनसेललाई चिठी पठाएको थियो । ठूला करदाता कार्यालयले जुन पत्र सेयर किनबेच प्रक्रिया टुंगिसकेपछि पठाएको थियो, त्यो एक साताअघि मात्र पठाएको भए स्थिति अर्कै हुनसक्थ्यो ।

किनबेच नटुंगिँदै अग्रिम करसम्बन्धी चिठी पाएको भए त्यसको समाधान नखोजी टेलियासोनेराले उन्मुक्ति पाउने थिएन । तर चुडामणि शर्मा र शोभाकान्त पौडेलले टेलियासोनेरालाई भाग्ने अवसर दिएर त्यसपछि मात्र पत्र काटेका थिए । यी तथ्यले एनसेलको लाभकर छलीमा पौडेलको संलग्नता छैन भन्न कसैले पनि सक्दैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh