Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१६ वर्षपछि न्यायको अनुभूति

काठमाडौं । ११ वर्षका छोरा र ९ वर्षीया छोरी विद्यालय गएर साँझ काठमाडौं महानगरपालिका वडा नम्बर – १४ कलंकीको लामपाटीस्थित डेरामा फर्किएका थिए।फर्किंदा आमा भगवती लामा र शिवजी भन्ने ग बहादुर खत्री डेरामा थिए। शिवजी उनीहरूलाई बारम्बार जसो भेट्न आइरहन्थे। काभ्रे घर भएकी भगवती अरूको घरमा सहयोगीको काम गर्थिन्। त्यही काम गरेर २९ वर्षकी उनले आफ्ना छोरी र छोरालाई पालिरहेकी थिइन्।

उनको श्रीमानसँग सम्बन्धबिच्छेद भइसकेको थियो। यता शिवजी भने त्यतिबेला क्याटरिङको काम गर्थे भने कहिले बसमा सहचालक हुने, त कहिले ट्याक्सी चलाउने समेत गर्थे।

  • उनी पनि विवाहित नै थिए। उनका तीन छोरा छन्।

त्यो दिन साँझ विद्यालय गएर फर्किएका छोराछोरीसँगै बसेर शिवजी र भगवतीले खाजा खाए। करिब आधा-एक घण्टापछि दुबै बालबच्चा स्युचाटारस्थित मामाघर गए।

  • डेरामा भगवती र शिवजी मात्रै थिए।

त्यसैबीच करिब साढे ७ बजे उनीहरू बस्ने घरका मानिसहरूले ठूलो स्वरले महिला कराएको सुने। केहीबेरमै भगवती कोठाभित्र जलिरहेको थाहा पाए। ढोका भने भित्रैबाट बन्द थियो।तर ढोका फोडेर भित्र हेर्दा भगवतीबाहेक अरू कोही थिएनन्।भित्र जलिरहेको देखेपछि उनीहरूले ढोका फोडेर घाइते भगवतीलाई वीर अस्पताल पुर्‍याए।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी धिरज प्रताप सिंहका अनुसार शिवजी त्यहाँबाट भागिसकेका थिए।’महिलाले चिच्याएको आवाज सुनेपछि डेरामा बस्नेहरूले थाहा पाएर हेर्दा जलेको देखे। ती महिला भित्रबाट थुनिएकी थिइन्,’ उनले भने,’त्यसपछि उनीहरूले ढोका फोडेर महिलालाई अस्पताल पुर्‍याए।’

कोठामा ग्रिल नभएको झ्याल थियो। जहाँबाट कोही पनि सजिलैसँग भाग्न सक्थे। झ्याल तल पनि खेतबारी थियो। जहाँ लडे पनि केही हुन्न थियो। सागसब्जी लगायतका तरकारीहरू उब्जिएको हुँदा माटो पनि गिलो थियो।

  • शिवजी त्यही झ्यालबाट भागेको प्रहरीको दाबी छ।

‘त्यही झ्यालबाट भागेको देखिन्छ। सागसब्जीहरू रोपेको ठाउँमा खुट्टाका डामहरू पनि देखिएका थिए,’उनले भने,’भागेको देख्नेहरूले उनलाई लखेटे। तर उनी फरार भए। डेरामा अरू कोही थिएनन्। मट्टितेल या अन्य कुनै ज्वलनशील पदार्थले छर्केर आगो लगाएर भागेको छ भनेपछि उनकै संलग्नता छ भन्ने बुझिन्छ।’

त्यसैबीच भोलिपल्ट (२०६२ साल पुस ७ गते) बिहान करिब साढे २ बजे भगवतीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भयो।अहिलेसम्म यो घटनामा तीन जना अनुसन्धान अधिकृत फेरिइसकेका छन्। तर शिवजी पक्राउ पर्न सकेका थिएनन्।

घटनापछि उनी भारत भागेको महानगरीय प्रहरी वृत्त कालीमाटीस्थित अनुसन्धानमा संलग्न प्रहरी स्रोतले बतायो।’घटनापछि उनी भारत भागे। दुई वर्षपछि नेपाल फर्किएको भनेका छन्। त्यहाँबाट फर्किएर ललितपुरको चाँगाथलीमा पसल थापेर बसेका रहेछन्,’ उनले भने।

बुधबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आरोपित शिवजीलाई १६ वर्षपछि पक्राउ गर्‍यो। रामेछाप घर भएका ४६ वर्षका शिवजीलाई प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको हो।

पक्राउ गर्न जाँदा प्रहरीले शिवजीलाई त्यतिबेलाको उनको तस्वीर देखाएका थिए। सुरूमा उनले तस्वीरमा भएका व्यक्ति आफू हो भनेर स्वीकारेनन्।तर मृतकका छोरा-छोरीलाई देखेपछि भने स्वीकारेका थिए।’उनैको तस्वीर देखाउँदा चाहिँ आफू होइन भने। तर पछि छोरीले यही हो भनेर भनिन्। उनले एक्कासि आफू नै भएको स्वीकारे र छोरीलाई पनि चिन्छु भने’, स्रोतले भन्यो।

प्रहरीलाई शिवजीले दिएको बयान अनुसार भगवतीलाई एक आफन्ती महिलाको माध्यमबाट चिनेका थिए। भगवतीको डिभोर्स भइसकेपछि मात्रै चिनजान भएको प्रहरीलाई बताएका छन्। तर छोराछोरीले भने डिभोर्स हुनुको कारण नै उनी भएको प्रहरीलाई बताएका छन्।

  • प्रहरीले घटनाबारे सोधपुछ गर्दा आफू त्यहाँ नभएको उनले बयान दिएका छन्।

‘म त उनको पुरानो कोठामा गएको थिएँ। नयाँ कोठामा त गएको छैन भनेका छन्। तर सानो बच्चाले त झूट बोल्दैन नि! तर बच्चाहरूले त्यतिबेला यही शिवजी भन्ने नै बसिरहेको थियो भनेका थिए,’ प्रहरी स्रोतले भन्यो,’अहिले हामीसँग ढाँटिरहेको छ। त्यो स्वभाविक नै हो।’

उनको हत्या गर्नुपर्ने कारण भने खुलिसकेको छैन। हत्याको कारण अनुसन्धानपछि खुल्ने महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।तर त्यतिबेला छोराछोरीहरूले दिएको बयानमा शिवजीले पैसा समेत माग्ने गरेको खुलेको छ।

‘शिवजीले पहिले पनि आएर पैसा माग्ने, दु:ख दिने, आगो लगाइदिन्छु, मार्दिन्छु भनेर धम्क्याउने गर्थे,’ घटनापछि छोराछोरीले बयानमा भनेका थिए। मृतक भगवतीका छोराछोरीले शिवजी पक्राउ पर्लान् भन्ने सोचेका पनि थिएनन्। तर १६ वर्षपछि उनी पक्राउ परेको खबर सुनेपछि विश्वास गर्न नसकेको बताउँछन् उनीहरू।

  • शिवजी पक्राउ परेपछि छोराछोरीहरू खुसी भएका छन्।

‘हामीले सोच्दै नसोचेको कुरा भयो। अब त त्यो मान्छे फेला पर्दैन भनेर आश नै मारिसकेका थियौं। तर हिजो एक्कासि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो ( सिआइबी ) बाट फोन आउँदा त सपना जस्तै भयो। होइन होला भन्ने जस्तो पनि भयो,’मृतकका छोराले सेतोपाटीसँग भने,’अनि हामी जाँदा मान्छे नै अगाडि ल्याएर देखाइदिनु भयो। अनि यही हो भनेर हामीले भन्यौं।’

  • प्रहरीले उनीमाथि पोलिग्राफी टेष्ट पनि गर्ने तयारी गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले अहिले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh