Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

१६ वर्षअघिको कलंकी हत्याकाण्डको सफल अनुसन्धान

काठमाडौं । डिआईजी धिरजप्रताप सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को प्रमुख बनेसँगै वर्षौंदेखि किनारा लाग्न नसकेका घटनाहरुको पहिचान गर्दै त्यसलाई टुंगोमा पुर्याउन क्रियाशिल भएर लागेका छन् । बुधबार सिआईबीको टोलीले १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेसँगै डिआईजी सिंह पुराना फाइल केलाउन लागेको पुष्टि हुन्छ ।

प्रदेश २ को नेतृत्वमा रहँदा सफलता हात पारेका डिआईजी सिंह अहिले सिआईबीमा बसेर गम्भिर अपराधका फाइलहरु केलाइरहेका छन् । सिआईबीमा लामो समयदेखि थन्किएर बसेका पुरानो फाइल खोतल्दै जाँदा काभ्रेपलाञ्चोक फुलबारी घर भई कलंकी बस्दै आएकी २८ वर्षीय भगवती लामा अधिकारी हत्याको फाइल फेला पारेपछि डिआइजी सिंहले तत्कालै त्यसको अनुसन्धानमा मातहतका युनिटलाई खटाएका थिए । जसले गर्दा उनले चालेको कदम सफल पनि हुन पुग्यो ।

२०६२ साल पुस ६ गते कलंकीको लामपाटीस्थित आफ्नै डेरामा जिउँदै आगो लगाएर एक महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई सिआइवीको टोलीले २७ गते बुधबार पक्राउ गर्न सफल भयो ।डिआईजी सिंहसहितको टोलीले उक्त फाइल अध्ययन गर्दै जाँदा फेला परेको एउटा फोटोको आधारमा प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको सिआईवीले जनाएको छ । भगवतीले आफू जल्नु अगाडि खिचेको फोटो नै प्रहरीका लागि अभियुक्तसम्म पुग्ने बाटो बन्यो ।

सोही फोटोको आधारमा सिआइवीको टोलीले भगवतीलाई मध्यराती जिउँदै जलाएर भाग्ने रामेछापको माकादुङ हाल (खाँडादेबी गाउँपालिका–६) घर भई हाल महालक्ष्मी–७ चाङ्गाथली, ललितपुर बस्ने गहबहादुर बताउने शिवजी खत्रीलाई पक्राउ गरेको हो ।
सिआइवी प्रमुख डिआईजी सिंहका अनुसार खत्रीले २०६२ पुस ६ गते मध्यराती २ः३० बजे भगवतीलाई कोठामै जिउँदै जलाइएका थिए । भगवतीको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो ।सो घटनाबारे मृतकका पिता ईन्द्रबहादुर अधिकारीले त्यसबेला दिएको जाहेरीको आधारमा अहिले पुनः अनुसन्धान अघि बढ्दा एउटा फोटोको आधारमा सिआईबीको टोली अभियुक्तसम्म पुग्न सफल भएको हो ।

हुनत प्रहरीले त्यसबेला भगवतीको कोठामा भेटिएका सानाभन्दा साना सामानको सुक्ष्म विष्लेशण गर्दै एल्बममा रहेका सबै फोटो बारेमा पनि अनुसन्धान नगरेको भने होइन । फोटोमा देखिने हरेक व्यक्तिको पहिचान खोजियो । त्यस क्रममा एउटा फोटोमा भएको व्यक्तिको पहिचान हुन सकेन । पहिचान नखुल्ने खत्री भगवतीका नातागोताका थिएनन् । त्यसैले पनि प्रहरीले त्यसबेला त्यो फोटोमाथि खासै अनुसन्धान गरेन ।तर, अनुसन्धानमा अब्बल मानिएका डिआईजी सिंहले अलिहे सोही फोटोमाथि अनुसन्धान गर्न निर्देशन दिए । डिआईजी सिंहकै निर्देशन अनुसार उक्त फोटोमाथि अनुसन्धान गर्न सिआईबीको टोली सबैभन्दा पहिला भगवती बस्ने गरेको लामापाटीस्थित घरमा पुग्यो । भगवतीको हत्या भएका बेलाका घरभेटी उपेन्द्र रायमाझीलाई प्रहरीले खत्रीको फोटो देखाउने वित्तिकै उनले खत्री बेला–बेला भगवतीको कोठामा आइरहने जानकारी गराए ।

अहिले तन्नेरी भइसकेका भगवतीका छोराछोरीले पनि १६ वर्ष अघि आफ्नो कोठामा आउने खत्रीलाई राम्रैसँगै चिने । त्यसपछि सिआईबीको टोली खत्रीको खोजीमा लाग्यो । खत्रीलाई खोजी गरिरहेको सिआईबीको टोलीले बुधवार ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङगाथलीमा फेला पार्यो र अनुसन्धान शुरु गर्यो । प्रहरीले त्यतिबेलाको फोटो देखाउँदा खत्रीले भगवतीसँग भएको फोटोको व्यक्ति आफू नभएको भन्दै इन्कार गरेपनि पछि भने आफू नै भएको स्वीकारे । अन्ततःसिआईबीको टोलीले अनुसन्धान गर्दै जाँदा खत्री आफैले भगवतीको हत्या गरेको पनि स्वीकारे । खत्रीलाई अहिले महानगरीय प्रहरी बृत्त कालीमाटीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh