जनकपुर । जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि बिचौलियाको काम गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिचौलियाको काम गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१ का ३५ वर्षीय विजय मण्डल, वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे र वडा नम्बर १० का ५० वर्षीय विजयकुमार साहलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनीहरुले कार्यालयमा आउने सेवाग्राहीलाई छिटो छरितो काम गराइदिन्छु भनी रकम मागेर बिचौलियाको काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !