सर्लाही । सरकारी कर्मचारी लागूऔषध सहित पक्राउ परे भन्दा कतिलाई बिश्वास नलाग्न सक्छ । तर सत्य सत्य नै हुन्छ । सर्लाहीका एक कर्मचारी लागूऔषध सहित पक्राउ परेका छन् । स्थानीय धनकाैल गाउँपालिकामा कास पदमा कार्यरत कर्मचारी लागूऔषध सहित पक्राउ परेका हुन ।
जयकिशाेर सिंह नामका ती कर्मचारी ३७१ थान लागूऔषध काेडवेल नामक बाेतल सहित पक्राउ परेका हुन । सशस्त्र प्रहरी बलको मनाेस्मारा स्थित बेशका प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीकाे कमाण्डमा खटिएको प्रहरी टाेलीले यति ठूलो परिमाणकाे लागूऔषध बरामद गर्न सफल भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !