काठमाडौं । तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न र उनीहरुका कुनै पनि सामग्री नछुन निर्देशन दिएका छन्।
तालिबान प्रवक्ता शाहीनले आफ्ना लडाकुहरुलाई पुनः सर्वसाधारणको जीवनमा दखल नदिन निर्देशन दिएका हुन्। सर्वसाधारणको सम्मानमा आँच आउने कुनै काम नगर्न उनले भनेका हुन्।
काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ। तर अरु क्षेत्रमा भने महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको तथा कुटपिट गरेको खबर आइरहेका छन्।
काबुलकी एक बासिन्दा (विद्यार्थी) अइशा खुरामले सोमबार बिहान चर्को आवाज र गोलीको आवाजसँगै उठेको ट्वीट गरेकी छन्।तालिबान लडाकु जस्ता देखिने मानिसहरु घरघरमा गएर कार तथा अरु सामग्रीहरु लिन थालेको तर तालिबान अधिकारीको आवाज सुनेपछि भागेको उनले ट्वीटमा उल्लेख गरेकी छन्।
https://twitter.com/AishaKHM/status/1305052243465560064?t=JPcj8c4jP3mg6O5nexGbPg&s=19
फेसबुकबाट तपाईको प्रतिक्रिया !