काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अपमान सहेर र घर न घाटको अवस्थामा बस्न नपराेस् भनेर संघर्ष गर्नुपरेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अपमान सहनुपर्ने अवस्थाको अन्त्यका लागि पार्टीमा संघर्ष गरिरहेको जिकिर गर्नुभयो । उहाँले अन्तिम समयसम्म सहजताको बाटो खोज्ने पनि सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले वामदेव गौतमाले भोग्नुभएको जस्तो अपमानको अन्त्य गर्न चाहन्छौँ । हो त्यस्तै अवस्था नहाेस् भनेरै हामीले पार्टीमा संघर्ष गरिरहेका हौँ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !