काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने बताएका छन् ।विहीबार (आज) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले नयाँ सरकार आएपछि कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७५ लाख पुगेको जानकारी दिदै हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको बताएका हुन् ।त्यस्तै, सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५–१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने उनको भनाइ छ । यसैबीच राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म प्राप्त भएको ९७ लाख खोपमध्ये ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए ।त्यस्तै उनले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको जानकारी दिदै असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !