जनकपुरधाम । धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।चोरी भएको कम्प्युटर वडा नम्बर-४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । प्रहरीले महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका-८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको छ ।


















