काठमाडाैँ । केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) ले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति अनुमोदन गरेमा सम्भवतः आजै दिउँसो सार्वजनिक गरिने तयारी केन्द्रीय बैंकले गरेको छ ।
सरकार परिवर्तनसँगै बजेट संशाेधनमा भएकाे ढिलाइ एवं सरकारले समेत पूर्णता नपाउँदा मौद्रिक नीति ल्याउन ढिलाइ भएको हो । प्रतिस्थापन विधेयकमार्फत् सरकारले बजेट संशोधन गर्ने तयारी गरिरहेकाे छ । तर केन्द्रीय बैंकले अब यसलाई धेरै नकुर्ने भएको हाे ।
सरकारमा सहभागी दलहरुको साझा न्यूनतम कार्यक्रम आएको छ । त्यसैलाई आधार बनाएर केन्द्रीय बैंंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाइएकाे छ । महत्वपूर्ण विषयमा केन्द्रीय बैंकले यसअघि नै सर्कुलर जारी गरिसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !