काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहो¥याएका छन् ।
विहीबार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका हुन् ।
उनले एकल राष्ट्रिय राज्यको चिन्तन र सोच बाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताए । मुलुकमा सात वटा संविधान आएपनि जनताले भने अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उनको भनाइ छ ।
उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !