Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बचतकर्ताको सात अर्ब बढी रकम डुबाएर इच्छाराज गायब

काठमाडौं । सिभिल सहकारी र सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ गायब भएका छन् । साढे चार बर्षदेखि ३२ सय सर्वसाधारण बचतकर्ताको ७ अर्ब बढी रकम डुबाएर इच्छाराज गायब भएका छन् । सिभिल सहकारी काठमाडौंको कालीमाटीस्थित सोल्टीमोडमा छ तर इच्छाराज गायब गायब छन् । सर्वसाधारण बचतकर्ताले खाईनखाई जम्मा गरेको सात अर्ब बढी रकम लिनका लागि धाएको साढे चार बर्ष भइसक्यो ।

तर सहकारीले भोलि दिन्छु र पर्सि दिन्छु भन्न छाड्दैन । सबै निक्षेपकर्ताको रकम तिर्ने भन्दै आश्वासन पनि दिन्छ । तर त्यो कबुल गरेको भोलि पर्सि कहिले आउँदैन वागमती प्रदेश सरकार र सरोकारवाला सरकारी निकायले पनि सिभिल सहकारीमाथि बचतकर्ताको रकम फिर्ता दिन दबाब नबढाउँदा र कुनै कारवाही प्रक्रिया अघि नबढाउँदा वचतकर्ताहरु निराश बनेका छन् । नेकपा एमालेका शक्तिशाली व्यक्ति मानिएका इच्छाराज तामाङले एमालेकै आड भरोसाको कारण साढे चार बर्षदेखि बचतकर्ता अल्मल्याउन सफल भए । बचतकर्ताहरु फसेको रकम उठाउन फेरि जुर्मुराएका छन् । तामाङलाई प्रहरीले पनि खोजी प्रक्रिया तीब्र बनाएको छ ।

सत्ता र शक्तिको दुरुपयोग गरेर सर्वसाधारणको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाएका इच्छाराज तामाङ अहिले सत्ता र शक्तिविहीन बनेका छन् । वचतकर्ताको सावाँ र ब्याज केही नतिरी भूमिगत भएका तामाङ पछिल्लो समय झनै वेपत्ता झै छन् । ३२ सय बचतकर्ताको विचल्ली बनाएको तामाङको खोजीमा प्रहरी पनि लागिपरेको छ ।

विशेषत सत्ता परिवर्तन हुने वित्तिकै वचतकर्ताहरु पनि सक्रिय बनेर बिभिन्न निकायमा धाउन थालेका छन् ।सहकारीसम्बन्धी ऐन र नियमहरुको धज्जी उडाउँदै एउटै मात्र कम्पनी सिभिल्स होम्स प्रालिलाई असीमित ऋण प्रवाहर गरेको सिभिल सहकारीको १८ औं बार्षिक प्रतिवेदनले देखाएको छ । जुन २०७५ साल पुष ३० गते पेश भएको थियो । जस्मा सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार ५ सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा ७ अर्ब १ करोड ३७ लाख ११ हजार २ सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ ।

जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । यो सबै यथार्थता भुलेर सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ भने सहकारी आफै समस्यामा रहेको तर्क अघि सार्छन ।सहकारीमा हरेक दिन धाउने वचतकर्ताहरुलाई बिभिन्न मितिमा रकम लिन भन्दै चेक पनि दिइयो । तर सबै चेक बाउन्स भए ।चेक बाउन्समा किन खोजी भएन ? चेक बाउन्स भएमा नेपालको कानूनले त्यसलाई क्षम्य मान्दैन । उजुरी गरे ठाडै कारवाही हुने व्यवस्था छ । तर बचकर्ताहरुले उजुरी गर्दा पनि सिभिल सहकारीलाई भने कहिल्यै कुनै कारवाही भएन ।

सिभिल होम्सले ब्याज समेत तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै ८ अर्ब रुपैयाँ नाघेको छ । जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबर हो । ऋण असुली नभएको अवस्थामा सहकारीको बचतकर्ताहरूको रकम समेत फिर्ता गर्न कठिनाइ हुने देखिएको छ । त्यसैले ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून रहेकोले सिभिल सहकारीका ३२ सय बढी बचतकर्ताको बचत पूरै जोखिममा परेको छ ।

त्यसमाथि सिभिल सहकारीले सिभिल होम्सबाहेक सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार ७ सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई ६ करोड ६८ लाख ४६ हजार ४ सय ७ रुपैयाँ ८९ पैसाा कर्जा प्रवाह गरेको पाइएको छ । यी सबै व्यापारिक संस्थाका प्रमुख अरु कोही नभएर स्वयं इच्छाराज तामाङ नै हुन् । सिभिल होम्स प्रालिका अध्यक्ष इच्छाराज तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ भने नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन् । त्यसमाथि केशवलाल श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् ।

वचतकर्ताहरुले तामाङको कीर्तिपुर ट्याङ्लाफाँटस्थित विशाल क्षेत्रमा निर्मित भवन र श्रेष्ठको बालाजुमा रहेको आवास रोक्का गरेर भए पनि आफूहरुको फसेको रकम उठाइदिन सरोकारवाला निकायसंग माग गर्दै आएका छन् ।सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्था आंशिक बन्द भएको छ। निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सहकारी आंशिक बन्द भएको हो। आफैं साहू र आफै ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ उच्च जोखिममा छ।

चरम संकट बढेसँगै सहकारी नेतृत्वले गत जेठ १५ गतेदेखि सिभिल सहकारी बन्द गर्ने निर्णयमा पुगेको हो।आफ्नो पैसा फिर्ताका लागि निक्षेपकर्ता धाउन थालेपछि नेतृत्वले संस्था बन्द गर्ने घोषणा गरेको हो।सिभिलको आर्थिक वर्ष ०७४/७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा सिभिल ग्रुपका संस्थापक इच्छाराज तामाङको रियल स्टेट व्यवसायमा कुल कर्जाको ९० प्रतिशतभन्दा बढी लगानी छ। उक्त ऋण उठ्न नसक्दा सहकारी चरम समस्यामा परेको हो।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

1 month पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh