काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शितगंगा न.पा.५ घर भई हाल काठमाडौं चन्द्रागिरी-६ बस्ने ३५ बर्षीय कासीराम भुसाल रहेका छन् ।
बुधबार सीआईबीले भूसाललाई चन्द्रागिरीबाट पक्राउ गरेको हो ।पक्राउ परेका थापालाई उच्च अदालत पाटनको २०७७ माग ४ गतेको फैसलाले ५० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई ग्लोबल आईएमई बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !