काठमाडौं । आन्तरिक द्वन्द्व र सशस्त्र सघर्षपछि मालीमा बिच्छाईएका बमहरु डिस्पोजलका सार्थै त्यहाँ शान्ति स्थापनाका लागि नेपाली सैन्य टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।सन्युक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ श्री ईओडि गुल्म शान्ति सेना सातौं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी संगित पुनको नेतृत्वमा आठौं डफ्फाको १३९ जना नेपाली शान्ति चार्टड फल्लाईटमा त्यसतर्फ गएका हुन् ।
यस्तै मालीमा आफ्नो कार्यकाल समाप्ती पश्चात नेपाली शान्ति सैनिकहरुको टोली पहिलो फ्लाईटमा सेनानी निर्मल खड्काको नेतृत्वमा ९७ जना मंगलबार नै नेपाल आईपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !