काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका छन् ।मंगलबार प्रतिनिधिसभको बैठकमा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चको हरेक शब्दको आगामी इतिहासले मूल्याङ्कन गर्ने बताए ।
उनले इतिहासको मूल्याङ्नबाट कोहि उम्कन नपाउने पनि दावी गरे । अदालतलाई भने कुनै प्रकारको विवादमा ल्याउन नहुने उनले तर्क गरे । यद्यपि उनले अदालतले पहिलो पल्ट प्रधानमन्त्री नियुक्ति गरेर नजिर स्थापित गरेको भन्दै असन्तुष्टि भने जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !