काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण जनमतका साथ पुन सरकारमा आउने दाबी गरेका छन् ।प्रतिनिधिसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफू अन्य कुनै बाटोबाट नभई असाधारण जनमतबाट पुन सरकारमा आउने दाबी गरेका हुन् । नेपाली जनताले आफ्नो काम देखेर आफूलाइ प्रधानमन्त्री बनाएको उनको भनाई छ ।
आफू कुनै गठबन्धनबाट नभई जनमतबाट प्रधानमन्त्री भएको पनि उनले दोहो-याए । उनले भने–‘‘म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । परमादेशबाट पनि प्रधानमन्त्री भएको होइन । जनमत बाट प्रधानमन्त्री भएको हँु । नेपाली जनताको विश्वासबाट भएको हँु ।’’
अलोकतान्त्रिक असंवैधानिक गठबन्धनले आफ्नो प्रधानमन्त्री पद खोसेको उनले जिकिर गरे । त्यसैगरी ओलीले आफूमाथि निकै प्रहार भएको तर आफूलाई केही चिन्ता नभएको समेत बताए । समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य लिएर हिँडेकालाई यस्ता साना तिना गाली गलौजले फरक नपार्ने उनको भनाई छ ।
साथै रकार गठन भएको एक महिना वित्दा पनि केही नगरेकोमा उनले सरकारको आलोचना समेत गरे । एक महिता वित्दा पनि मन्त्रिमण्डलले समेत पूर्णता पाउन नसकेको भन्दो उनले आलोचना गरे । अझै कति दिन सम्म वर्तमान सरकार धन्यवाद र बधाईको शुभकामना गर्दै बस्ने हो भन्दै कटाक्ष समेत गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !