Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भान्जाको नाममा अकुत सम्पत्ति जोडेका महेश्वर न्यौपाने गृहबाट प्रधानमन्त्री कार्यालयमा तानिए


काठमाडौँ । मन्त्रिपरिषद् बैठकले गृह सचिवमा टेकनारायण पाण्डेको सरुवा गरेसंगै महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ ।

हाल गृहसचिव रहेका न्यौपाने सर्वाधिक बिबादास्पाद पात्रका रुपमा चिनिन्छन्। न्यौपाने झण्डै दुई वर्षसम्म गृहमै बसे। नेकपा एमालेको कार्यकर्ता जस्तै भएर गृहमा काम गरेका न्यौपाने रक्षा वा संचार मन्त्रालय जान चलखेलमा व्यस्त थिए। तर, उनलाई देउवा सरकारले पत्याएन।न्यौपानेलाई केपी ओली निकट युवा नेता महेश बस्नेतको स्वार्थमा गृहमन्त्रालयमा १८ महिना अघि ल्याइएको थियो। न्यौपाने यति शक्तिशाली थिए कि उनले रामबहादुर थापा गृहमन्त्री छँदा थापासँग कुनै सल्लाह र सुझाब नलिकन महेश बस्नेतमार्फत केपी ओलीलाई ब्रिफिङ गर्दथे ।

महेश बस्नेत उद्योग मन्त्री छँदा न्यौपानेलाई उद्योग बिभागको महानिर्देशक बनाएका थिए। न्यौपानेले महेश बस्नेतलाई प्रभावमा पारेपछि भान्जा सुजन पौडेलमार्फत प्रहरीको सरुवा, बढुवादेखि ठेक्कापट्टामा आर्थिक चलखेल गर्दै आएका समाचार सार्वजनिक भएका थिए । क्रसर र बालुवामा डिल बिग्रिएको बेला पौडेलले प्रहरी वृत बौद्धका तत्कालिन प्रमुख डिएसपी श्याम राईलाई घुस दिएर पक्राउ गराएका थिए।मामा न्यौपाने अख्तियारको सचिव रहेको बेला आँफै निबेदक बनेर पौडेलले स्टिङ अप्रेशन गर्न लगाइ राईलाई फसाएका थिए। पछि राईले बिशेष अदालतबाट सफाइ पाएका थिए।
न्यौपाने यतिसम्म निरँकुश थिए कि आफ्नो बिरुद्द समाचार आएपछि प्रहरीको साइबर व्युरोलाई दबाब दिएर समाचार लेख्ने अनलाइनहरुलाई पत्र काटेर दुस्ख दिने गर्दथे। न्यौपानेले साइबर व्युरोलाई दुरुपयोग गरी सूचना बिभागमा दर्ता भएका धेरै अनलाइनहरुलाई हैरानी पारेका थिए।
न्यौपानेले ओली सरकारको पालामा प्रहरीको सरुवा र वढुवामा ठाडो हस्तक्षेप गर्दा प्रहरी संगठनमा भद्रगोल मच्चिएको थियो । जसका कारण अधिकृतको व्यवसायिकतामा पनि सम्झौता भएको प्रहरी अधिकारीहरुको टिप्पणी छ।

अदालतमा मुद्दा चलेका र बिबादितलाई वढुवा नगर्ने नीति बनाएको दाबी गर्ने गृहसचिव न्यौपानेले प्रहरीमा बढुवा सिफारिस गर्दा कनिष्ट, विवादित र अदालतमा मुद्दा चलेकालाई सिफारिस गरेर आफ्नै अभिव्यक्तिको खिल्ली उडाएका थिए।

बुधवार साप्ताहिकले न्यौपानेको अकुत सम्पत्तिबारे १३ चैत्र २०७५ मा यस्तो समाचार छापेको थियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख एकपछि अर्को गिर्दै गएको छ । लोकमानसिंह कार्की प्रकरण हुँदै दीप बस्न्यात र राजनारायण पाठकसम्म आइपुग्दा अख्तियारको प्रतिष्ठामा गम्भीर धक्का लागेको छ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायका पदाधिकारीले नै घुस लिएको भिडियो सार्वजनिक भएपछि आमनागरिकको अख्तियारले सुशासन कायम गर्ने विश्वासमा ठेस लाग्न पुगेको छ । संवैधानिक परिषद्ले भागबन्डाका आधारमा गलत व्यक्तिलाई अख्तियारको पदाधिकारी नियुक्ति गर्दा संस्थाको साख पूर्ति नै हुन नसक्ने गरी गिर्न पुगेको हो ।

राजनारायण पाठकको घुस लिएको भिडियो प्रकरणपछि प्रधानमन्त्री, प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीशदेखि, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख रहेको संवैधानिक परिषद्ले अख्तियारमा पदाधिकारी नियुक्त गर्दा धेरैपटक सोच्नुपर्ने परिस्थिति निर्माण गरेको छ । राजनारायण पाठकको घुस लिएको भिडियो प्रकरण सेलाउन नपाउँदै अख्तियारका सचिव महेश्वर न्यौपानेले पनि अहिले विवादमा आएका छ । उनका भान्जा सुजन पौडेलले अनेक प्रकरणमा मामाको नाम भजाउन थालेपछि सचिव न्यौपाने पनि विवादमा तानिएका हुन् । सचिव न्यौपानेका २५ वर्षीय भान्जाले अख्तियारको आडमा धेरैलाई तर्साएर २५औं करोड रुपैयाँ आर्जन गर्नु र यसमा मामा मौन रहअनुका कारण उनको नियतमाथि शंका गर्न थालिएको छ ।

विश्वस्त स्रोतका अनुसार मामा अख्तियारमा सचिव भएको १५ महिनामै उनले ५०औं रोपनी जग्गा जोड्न भ्याइसकेका छन् । उनको नाममा बालुवा खानी छ । जसमा सचिव न्यौपानेको पनि लगानी रहेको स्रोत बताउँछ । काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–३ का नातिराज पौडेलका नाति पुष्कलराज पौडेलका छोरा वर्ष २५ का सुजन पौडेलसँग आज त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर छानबिन गर्ने हो भने त्यो सबै सचिव न्यौपानेको आडमा आर्जन गरेको खुल्ने स्रोतको दाबी छ ।

सुजन पौडेल महेश्वर न्यौपानेका भान्जा हुन् भन्ने कुरा उनले सामाजिक सञ्जालमा विवाहको तिथिमा दिएको शुभकामना, जन्मदिनदेखि विभिन्न अवसरमा दिएको शुभकामनाबाट पनि पुष्टि हुन्छ । मामा भनेरै उनले शुभकामना दिने गरेका छन् । र, सचिव न्यौपानेसँग खिचेका तस्बिरहरू पनि उनको वालमा देख्न सकिन्छ ।
मामाको आडमा भान्जा पौडेलले तर्साउँदै घुस असुल्ने र पक्राउ गरिएकाहरूसँग पनि भनेजति रकम दिए बयान कमजोर दिएर विशेष अदालतबाट मुद्दा जिताइदिने भनी मोलमोलाइ गर्दै आएका स्रोतले बतायो । मामा न्यौपाने अख्तियारमा सचिव भएर आएपछि भान्जा सुजनले के–के गरे त ? केही तथ्य यस्ता छन्:
घटना नम्बर १: २०७५ वैशाख १९ मा नापी कार्यालय साँखु, काठमाडौंका प्रमुख नापी अधिकृत भागवत साहलाई अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पक्राउ ग-यो । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग कार्यालय सहयोगी खेमराज भण्डारीमार्फत २ लाख ५० हजार लिएको भन्दै साहलाई कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।
त्यो ३६ रोपनी जग्गा कित्ताकाट गरी २ लाख ५० हजार घुस दिने सेवाग्राही थिए, काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ३ बस्ने सुजन पौडेल । त्यो ३६ रोपनी जग्गा पनि उनकै थियो । अख्यिारकै विज्ञप्तिका अनुसार साह आफैले घुस लिएका थिएनन् । कार्यालय सहयोगी भण्डारीमार्फत लिन खोजेका थिए । रंगेहात घुस लिँदा लिने व्यक्तिलाई पक्राउ गरिन्छ । करिब दिउँसोको २ बजेको थियो साह कार्यालयमै थिए । कार्यालयको ढोकामा रहेका भण्डारीलाई पौडेलले पैसा हातमा लगाइदिएपछि साहलाई तत्काल पक्राउ गरिएको थियो ।

घटना नम्बर २: २०७५ असोज २१ मा महानगरीय प्रहरी वृत्त, बौद्ध काठमाडौंका प्रहरी नायब उपरीक्षक ( डिएसपी) श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ ग-यो । सेवाग्राहीबाट सोनी कम्पनीको टिभी खरिदबापत १ लाख ४० हजार घुस लिएको अरोपमा राईलाई पक्राउ गरियो ।
सोनी कम्पनी खरिदका लागि १ लाख ४० हजार घुस दिने सेवाग्राही पनि उनै २५ वर्षीय सुजन पौडेल थिए । अख्तियारको विज्ञप्तिमा डिएसपी राईले सेवाग्राहीसँग सोनी कम्पनीको टिभी खरिद गरी ल्याइदिनू भनी जिन्सी सामानका रूपमा घुुस/रिसवत माग गरेको र टिभी आफैंले खरिद गरी ल्याउने र सो खरिद गरेबापतको बिल भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस मागेको दाबी गरिएको छ ।

६ महिनाका बीचमा दुई–दुई जना सरकारी अधिकृतलाई घुस दिएर अख्तियारको चिसो छिँडीमा लैजान सक्ने पौडेल आखिर को हुन् त ? २५ वर्षमै कसरी भए अर्बपति ?
सुजनको परिवार यसअघि सामान्य परिवारको भएको उनका छिमेकीहरूलाई थाहा छ । सुजन पौडेलका बुबा, अख्तियार सचिव न्यौपानेका भिनाजु पुस्कलराज पौडेल जजमानी पेसा गर्ने पुरोहित हुन् । यसबाहेक उनको परिवारमा कोही पनि रोजगारीमा छैनन् ।

तर, गएको तीन वर्षमा छोरा सुजन पौडेलले भने अकूत सम्पत्ति आर्जन गरेका छन् । काठमाडौंको साँखु क्षेत्रमा मात्रै उनको करोडौं मूल्यबराबरको जग्गा रहेको छ । मामा अख्तियारमा सचिव भएको अवधिमा मात्रै उनले करोडौंको जग्गा जमिन खरिद गरेको मालपोत कार्यालयको अभिलेखबाट खुलेको छ ।
पछिल्लो रेकर्डअनुसार मात्रै साबिक बालुवा गाविस कित्ता नम्बर ३२४ को नक्सा सिट नं ६, ६ ग, खण्डे नं. को कि.नं. ३७९ नम्बरको जग्गा २०७५ वैसाख २७ मा पास गरेका छन् ।
साबिक बालुवा गाविसकै ३२४ को कित्ता गत वैशाख २७ मै खरिद गरेका छन् । जुन हाल कि.नं. ३७८ हो । बालुवाकै ३८० नम्बर कित्ता जग्गा पनि उनले २०७५ वैशाख २७ मै पास गरेका छन् ।
त्यसैगरी २०७५ जेठ १ मा साबिक नाङ्लेभारेको कि.नं. ११०, नक्सा सिट नं. ३, ३ ख को जग्गा खरिद गरेको देखिन्छ । नाङ्लेभारेकै साबिक कि.नं. ११३ पनि सोही दिन खरिद गरेका छन् । सुजन पौडेलले नाङ्लेभारेको कि.नं ११६ पनि किनेका छन् । यीबाहेक अन्यत्र पनि उनको नाममा धेरै जग्गा जमिन रहेको स्रोतको दाबी छ । भक्तपुर साबिक चित्तपोल गाविसमा १ रोपनी १५ आना जग्गा उनको नाममा देखिन्छ ।

यी जग्गाका अलावा सुजन पौडेलसँग अन्दाजी ७० देखि ८० लाख मूल्य पर्ने बा१८च १०२६ नम्बरको सेतो रङको जिप छ । उनले १५ लाख मूल्यको मोटरसाइकल हालै खरिद गरेका छन् । पौडेलले काठमाडौंको शंखरापुर नगरपालिकामा अवैध बालुवा वासिङ सञ्चालन गरेका छन् । बज्रयोगिनी बालुवा प्रशोधन केन्द्रमा अख्तियारका सचिव न्यौपानेले भान्जा सुजन पौडेलमार्फत लगानी गरेका छन् ।

सचिव न्यौपानेकी श्रीमती रोसा अर्यालका नाममा उक्त प्रशोधन केन्द्रमा लगानी रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार उक्त बालुवा प्रशोधन केन्द्रका लगानीकर्ताहरूमा पूर्वसांसद स्व.चक्रबहादुर ठकुरीका छोरा विमल ठकुरी, सुरज खड्का र देवराज खड्का पनि साझेदार छन् ।

जसमा २ करोड रुपैयाँ सचिव न्यौपानेकै लगानी रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार १०–१५ वटा टिपर र स्काभेटरसमेत उनले यसबीचमा खरिद गरेका छन् । पछिल्लो समयमा उनी अख्तियारका सचिवको भान्जाको तुजुक देखाउँदै १५ करोडको चेक बोकेर असुली गर्न प्रहरी कार्यालयमा धाउने गरेका छन् । यस विषयमा सचिव न्यौपानेसँग कुरा गर्दा उनले पौडेल आफ्नो नाता भएको तर आफ्नो कतै लगानी नभएको बताए । उनले भने, ‘जहाँसम्म उजुरीको विषय छ, त्यो जसले दिन पनि पाउँछ, मेरो भान्जा भएकैले उनले दिन नपाउने भन्ने छैन । यदि मेरो नाम र सम्बन्धको दुरुपयोग गरेर कसैले कुनै बदमासी गरेको छ भने, प्रमाण ल्याउनुस् मै कारबाही गर्छु ।’अनलाइन नेपाल

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh