काठमाडौं । सरकारले भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने विषय न्यूनतम साझा कार्यक्रममा समेटेको छ । आज सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा ‘संविधानको भावनाअनुसार भूमिहीनहरुलाई भूमि उपलब्ध गराउने’ उल्लेख छ ।
अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गर्दै आएको छ । न्यूनतम साझा कार्यक्रममार्फत सरकारले भूमिहीनलाई जग्गा दिन चाहेको स्पष्ट पारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !