काठमाडौं । सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक भएको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आइतबार सार्वजनिक गरिएको हो ।सार्वजनिक न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने उल्लेख छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोना महामारीको समयमा भएका अनियमितताबारे छानविन गर्ने बताए ।त्यस्तै, खड्काले भ्रष्टाचारको छानविन गर्नुका साथै आगामी असोजभित्र एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको समेत जानकारी गराए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !