वीरगञ्ज । प्रहरीले १ लाख ७९ हजार रुपैयाँ बराबरको सुन र चाँदी मिश्रित गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका–२ जानकीटोलका १९ वर्षीय सोनुकुमार सोनारलाई गरगहनासहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।
आशबारीतर्फबाट कालो झोला बोकेर आउँदै गरेका सोनारलाई रोकेर चेकजाँच गर्दा सुन मिश्रित ३४ थान र चाँदीको पाउजु, बिछिया लगायत २६३ थान गहना फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !