एजेन्सी । स्पेनिस क्लव बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसलाई ३–० गोलले पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले उपाधि जितेको हो।बार्सिलोनाको जितमा मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे ।
खेलको पहिलो हाफमा एक गोल गरेको बार्सिलोना दोस्रो हाफमा थप २ गोल गरेको थियो।शुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै यसै अग्रता बनायो। उसका लागि हालै टोलीमा अनुबन्ध भएका मेम्फिस डिपाएल् गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफको ५७औं मिनेटमा अग्रता दोब्बर बनायो। यसपटक मार्टिन ब्रेथवेटले गोल गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !