Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नवलपरासी भित्राउन लागिएको ६ अर्ब ८६ करोड बढीको लागुऔषध भारतमा बरामद


नवलपरासी । नवलपरासीहुँदै नेपालका विभिन्न सहरमा पठाउनका लागि गोदाममा राखिएको ठूलो मात्राको लागुऔषध भारतीय प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ किमिको दुरीमा रहेको भारतीय बजार ठूठीबारी नजिकको जमुईकला गाउँबाट भारतीय सुरक्षा टोलीले ४ दिनअघि छापा मारेर लागुऔषध बरामद गरेको हो। बरामद भएको लागुऔषधको मूल्य भारतीय अधिकारीहरुले ६ अर्ब ८६ करोड रहेको दाबी गरेका छन् ।

लागुऔषध करिब १ ट्रक बढी छ । भारतीय बजारमा पर्ने लागुऔषधको मूल्य नवलपरासी पुर्‍याउँदा दोब्बर हुने र चितवन, पोखरा, हेटौडाहुँदै काठमाडौंसम्म पुर्याउँदा पाँचगुना बढी मूल्य पर्ने गरेको नेपालबाट लागुऔषध सेवन गर्न भारत जाने दुव्र्यसनी र कारोबार गर्ने व्यक्तिहरुले बताएका छन् ।

एक दुव्र्यसनीका अनुसार भारतमा १ सय ५० रुपैयाँमा पाइने एक फाइल लागुऔषध काठमाडौं बिक्री हुँदा ३ हजारसम्म पर्छ । ३ सय रुपैयाँ पर्ने सिरफ चितवन, हेटौडा र काठमाण्डौं पुर्‍याउँदा ३ हजारदेखि ४ हजारसम्म पर्ने गरेको बताइएको छ ।

बरामद भएका सबै लागुऔषध नेपाल पठाउनका लागि गोदाममा राखिएको अधिकारीहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । नवलपरासीको सीमावर्ती नाका नजिकबाट बरामद भएका कारण लागुऔषध सोही जिल्लाको नाका भएर नेपाल पठाउन राखिएको अधिकारीहरुले दाबी गरेका छन् । केही लागुऔषध सीमावर्ती भारतीय बजार ठूठीबारी, बर्गदवा, लक्ष्मीपुर खुर्द बजारका मेडिकलहरुमा पनि पठाउने अवस्थामा रहेको बताइएको छ ।

जिल्लाका नाकाहुँदै नेपाली दुव्र्यसनीहरु दैनिकरुपमा उक्त बजार क्षेत्रमा लागुऔषध सेवन गर्न जाने गरेका छन् । जसका कारण ति बजारमा लागुऔषधको खपत बढी हुने गरेको छ । सोही नाकाहरुबाट कारोबारीहरुले लागुऔषध नेपालका विभिन्न शहरमा पुर्‍याउने भारतीय अधिकारीहरुले बताएका छन् । लागुऔषध बरामद गर्न डिएम (सिडिओ) डा. उज्ज्वल कुमार, एसडिएम (सहायक प्रमुख जिल्ला अधिकारी) प्रमोद कुमार, एसपी प्रदिप गुप्ता, एसएसबी (भारतीय सीमा सुरक्षा बल) प्रमुख मनोज कुमारको टोली पुगेको थियो । जमुईकला गाउँका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार)को गोदाममा छापा मारेर लागुऔषध बरामद भएको हो

कारोबारी गोबिन्द फरार छन् । सुरक्षाकर्मीले गोबिन्दका भाई रमेशलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । लागुऔषध कारोबारी गोबिन्दको गडौरा बजारमा मेडिकल सञ्चालनमा छ । उनले गोरखपुरका विभिन्न थोक बिक्रेताहरुबाट उक्त लागुऔषध ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोबिन्दको उक्त गोदाममा लाम लागेरै नेपाली युवाहरु दैनिक रुपमा लागुऔषध लिन जाने गरेको बताइएको छ । त्यहाँबाट युवाहरुले लुकाएर लागुऔषध भित्राउने गरेको अधिकारीहरुले जनाएका छन् ।

बरामद भएका लागुऔषध विभिन्न नाम गरेका सिरप, ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन र एप्पुल छन् । पत्रकार सम्मेलनमा सार्वजनिक गरेअनुसार २८ हजार २ सय २० इन्जेक्सन, १८ हजार ७ सय ८२ सिसी सिरप, ३ लाख १३ हजार ३ सय ८४ क्याप्सुल, १ लाख २४ हजार ८ सय ७५ ट्याब्लेट बरामद गरिएको छ । त्यस्तै नयाँ मूल्य टाँस्नका लागि राखिएको १ लाख ३४ हजार ४ सय ६० वटा स्टिकरसमेत बरामद भएको छ । लागुऔषध सेवन गर्ने एक दुव्यर्सनीले बरामद भएका औषधिको सीमावर्ती भारतीय बजारमा पाइने नेपाली मूल्य तोक्दै भने सिरपको प्रति बोत्तल ( १ सय एमएल) २ सय ८० देखि ३ सय छ । प्रति ट्याब्लेट र क्याप्सुलको १५ देखि २५ रुपैयाँ छ । त्यस्तै इन्जेक्सन १ सय ९० रुपैयाँ (एक वटामा ३ वटा ) छ ।

  • भारतीय अधिकारीले तोकेको अन्तराष्ट्रिय मूल्य

बरामद भएका लागुऔषधलाई भने भारतीय अधिकारीहरुले औषधिमा हुने कोडिनको मात्रालाई परिणत गर्दै डलरको भाउ लगाएका छन् । जसअनुसार बुप्रेनार्फिन ३३ हजार ५ सय ६० ग्रामको ७ सय ५० डलर तोकेर २ अर्ब ५२ करोड पु¥याएका छन् । त्यस्तै १ करोड ८७ लाख ८ हजार २ सय ग्राम कोडिन फोस्फेटको ५६ रुपैयाँ डलरको भाउँ तोकेर ३ अर्ब तोकिएको छ । ड्रामाडोल ९७ हजार ३ सय ११ ग्रामको ८० डलर तोकेर २५ करोड ९४ लाख पु¥याएका छन् । अल्प्राजोम ४ हजार ७ सय ७५ ग्रामको १५ लाख २२ हजार तोकेका छन् । त्यस्तै निट्राज्पाम ४५ हजार २ सय ४० ग्रामको २८ डलर तोकेर २५ करोड ३३ लाख पु¥याएका छन् । यसरी उनीहरुले अन्राष्ट्रिय मूल्य अनुसार ६ सय ८६ करोड भारतीय रुपैयाँ बराबरको लागुऔषध बरामद भएको जनाएका हुन् ।

  • फरारमाथि २५ हजारको इनाम

फरार रहेका लागुऔषध कारोबारी गोबिन्द गुप्ता (रौनियार)लाई पक्राउ गर्ने वा जानकारी गराउनेलाई २५ हजार इनामको घोषणा गरिएको एसपी प्रदिप गुप्ताले पत्रकार सम्मेलनमा बताए । यसअघि पनि उनीमाथि लागुऔषधमा प्रहरीले मुद्दा चलाएको थियो । प्रहरीको आँखा छल्दै आएका उनले लागुऔषधको कारोबारलाई निरन्तरता दिदैं आएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

  • के भन्छ नेपाल प्रहरी

भारतमा ठूलो परिणाममा लागुऔषध बरामद भएपनि नवलपरासी प्रहरीले भने एक वर्षको अवधिमा करिब ७ लाखको मात्र बराबरको बरामद गरेको छ । भारतमा बरामद भएको लागुऔषध त्यहाँ समेत पूर्ण रुपमा प्रतिबन्द छ । भारतमा बरामद भएको ठूलो परिणामको लागुऔषध नेपाल भित्राउनकै उद्देश्यले ल्याउन लागेको नवलपरासी प्रहरीले पनि स्वीकार गरेको छ । यसले नवलपरासी जिल्लाका केही सीमा क्षेत्रलाई लागुऔषध कारोबारीले ट्रान्जिट प्वाइण्टका रुपमा प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

नेपाल आउनु अघि नै भारतीय सुरक्षा अधिकारीहरुले ठूलो मात्रामा लागुऔषध बरामद गरेको जानकारी पाएकोले त्यसबाट नेपाललाई पनि फाइदा पुगेको लामाको भनाई छ । ‘ यो बरामदले नेपालमा लागुऔषधको अवस्था भयावह पनि देखाउँछ । खुला सीमा भएकाले केही समस्या छ । तर पनि प्रहरीले लागुऔषध नियन्त्रणमा कुनै कसर बाँकी राखेको छैन । ’ लामाले भने । एक वर्षको अवधिमा प्रहरीले ४९ जनालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ । गत साउनदेखि असारसम्म भएका ३४ वटा लागुऔषधका घटनामा संलग्नमध्ये ४ जना फरार छन् ।

यो अवधिमा प्रहरीले डाइजेपाम, नुर्फिन र फेनारगन गरी कुल ६ हजार ६ सय ८२ एप्पुल बरामद गरेको छ । त्यस्तै नाइट्रोसन, नाइट्रोभेटसहित ३ हजार ४ सय ३४ ट्याब्लेट बरामद गरेको छ । स्मास्मोभ, प्रोक्सिमन ३ हजार २ सय ९८ क्याप्सुल बरामद गरेको छ ।

बरामद भएका अन्य लागुऔषधमा फेन्सिडिल र ओनेरेक्स २ सय ४७ बोत्तल, ब्राउन सुगर ४ सय ८२ मिलिग्राम र गाँवा २ केजी ९० ग्राम बरामद भएको डिएसपी लामाले जानकारी दिए । ब्राउन सुगर र गाँजा बाहेक बरामद भएका लागुऔषधको मूल्य करिब ७ लाख बराबरको रहेको छ । प्रहरीले लागुऔषधको रकम नतोके पनि भारतीय बजारमा खरिद हुने मूल्यका आधारमा अनुमान गरिएको हो । जिल्लाबाट पक्राउ परेका व्यक्तिहरुले मोटरसाइकल, साइकल र शरिर तथा पोकाहरुमा लुकाएर लैजाने गरेको प्रहरीले जनाएको छ । चारपाङ्ग्रे गाडीबाट भने ठूलो परिमाणमा लागुऔषध लैजाने गरेको नपाइएको डिएसपी लामाको भनाइ छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

3 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh