सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेको ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएपछि उनको आफन्तले बाह्रबिसे बजारमा प्रर्दशन गरेका छन् । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको प्रहरी हिरासतमा मृत्यु भएको थियो ।तामाङलाई चोरीको आरोपमा गत १८ गते नियन्त्रणमा लिएको थियो ।
तामाङले आफूले चोरी गरेको स्वीकार गरिसकेका थिए । मृतक तामाङमाथि एक जनाको एक लाख र सहकारी फुटाएर ८१ हजार ७ सय २५ रुपैयाँ चोरी गरेको आरोप छ ।तर, हिरासतमा रहेको तामाङको मृत्यु भएको र उसको शरिरभरी निलडाम देखिएको थियो । मृतक तामाङको शरिरमा चोटपटक देखिएपछि आफन्तले प्रहरीको कुटपिट पछि मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !