Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लक्ष्मिपुर पतारी गाउँपालिका : वडाध्यक्ष हनुमान मण्डलका दाजुभाईले ठड्याए पक्कि घर

लहान । गाउँपालिकाको बिकास बजेटमा ब्यापक अनियमितता गरेको आरोप लागेका लक्ष्मिपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा १ सय मिटर दक्षिणमा हालै दुईतले पक्कि घर बनाएको भेटिएको छ ।

चुनाव जितेको ६ महिना नबित्दै घडेरी किनेका वडाध्यक्ष मण्डलले त्यस जग्गामा सुबिधासम्पन्न दुईतले पक्कि घर बनाएर सटरहरु भाडामा लगाएकाछन् । घरको माथिल्लो तल्लामा भने मण्डल आफै बस्ने गरेको बताईएको छ ।
स्थानिय चन्देश्वर मण्डल भन्छन् , वडाध्यक्ष हनुमान मण्डलले भाई अनिरुद् मण्डललाई गाउँपालिकाको बिभिन्न उपभोक्ता समितीमा राखेर बिकास निर्माणको नाममा ब्यापक अनियमितता गरेर बिल्डिगं ठड्याएका छन् ।

लक्ष्मिपुर पतारी गाउँपालिकामा भएको अनियमितता विरुद् गाउँपालिकाबासीहरुले पटकपटक आन्दोलन गर्दै आएको बताउँदै चन्देश्वर मण्डलले थपे , वडाध्यक्ष मण्डलले गाउँपालिका प्रमुख रामबल्लभ साहलाई आफ्नो मुठीमा राखेकाछन् , गाउँपालिका प्रममुख कै मिलोमतोमा गाउँपालिकाभरी हुने बिकास निर्माणको काममा आफूखुशी मान्छे राखेर अनियमितता गर्दै आएकाछन् ।

बिभिन्न उपभोक्ता समिती मार्फत अनियमितता गर्दै आएका वडाध्यक्ष मण्डलका भाई अनिरुद्ले पनि अहिले धमाधम पक्कि घर बनाईरहेको दाबि पनि गरे उनले ।
चन्देश्वर मण्डलकाअनुसार अनिरुदको घर दाई हनुमानको घर भन्दा बिपरित दिशामा बनिरहेको छ । स्थानिय तहको चुनाव अघि साधारण बोर्डिगं स्कूलमा शिक्षण पेशा गरेर परिवार चलाउँदै आएका अनिरुद् स्थानिय तहको चुनावमा दाईले जितेपछि शिक्षण छोडेर ठेक्कापटमा लागेका थिए ।

गाउँपालिकाभरी उपभोक्ता समितीहरुले जिम्मा लिएको कामहरु अनिरुद्ले नै गर्दै आएकाछन् । उनको कामलाई राजेस कुमार महतो र पप्पु महतोले सहयोग गर्दै आएको बताईएको छ ।कागजमा ४० लाख रुपैयाँ स्टीमेट गरिएको पुलहरु स्टीमेट बिपरित २ देखी ३ लाख रुपैयाँको लागतमा बनाएर बाँकिरहेको पैसा वडाध्यक्ष हनुमान मण्डल , अनिरुद् मण्डल लगायतले मिलिभगतमा भागबण्डा गर्ने गरेको पाईएको छ ।

त्यस्तै उच्चशिक्षा हासिल गरेर बेरोजगार बनेर गाउँमा बसेकाका थिए अध्यक्ष हनुमान मण्डल पनि । स्थानिय तहको चुनाव हुनु र उक्त चुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमबाट वडाध्यक्षको टिकट पाउनु र चुनाव जित्नु उनको लागी कमाउने अबसर बन्यो ।

लक्ष्मिपुर पतारी गाउँपालिका प्रमुख रामबल्लभ साहले पनि तत्कालिन संघिय समाजवादी फोरमबाट टिकट पाएर जितेका हुन् । फोरममा आउनुअघि रामबल्लभ तत्कालिन एमालेबाट सक्रिय राजनितीमा थिए । गाउँपालिका प्रमुखमा रामबल्लभले जित्नु पनि वडाध्यक्ष मण्डलका लागि थप उपब्धि भयो ।

राजा हरिसिंह देव मन्दिर र पतारी पोखरी जिर्णोदरका नाममा ब्यापक अनियमितता गरेका वडाध्यक्ष मण्डलले भाई अनिरुद् मण्डललाई अघिसारेर गरिएका अनियमितताका धेरै प्रमाण सुरक्षित छ ।
त्यस्तै , वडाध्यक्ष हनुमान मण्डलले आफ्नै वडा कार्यालयसँग आफैले सम्झौता गरेर आफ्नै नाममा एक पटकमा १ लाख ५० हजार रुपैयाँ सम्म निकासा लिने गरेको पाईएको छ ।

लुटको एउटा दृष्टान्त

वडाध्यक्ष मण्डलले आफ्नै वडाका लागि खेलकुद तथा मनोरञ्जनको सामाग्रि खरिद र खेलकुद प्रतियोगिताका लागी आफ्नै नाममा सम्झौतापत्र तयार पारी निकासा लिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ :
प्रस्तुत बिषयमा लक्ष्मिपुर पतारी गा.पा.को आ.व.०७४।०७५ को गाउँसभाबाट लक्ष्मिपुर पतारी गा.पा. वडा नं. ३ का लागि खेलकुद तथा मनोरञ्जन तर्फको योजना नं.२०५० को सि.नं.१ मा रु.१,५०००० छुट्याईएको हुँदा लक्ष्मिपुर पतारी वडा नं.३ का युवाहरुको माग बमोजिम जिल्ला अन्तर खेलकुद प्रतियोगित अमानतमा नै गर्नुपर्ने भएकाले सार्वजानिक खरिद ऐन २०६३ को दफा ४५ र सार्वजानिक खरिद नियमावली २०६४ को नियम ९८ बमोजिम अमानतबाट गराउने निर्णय भएको र तपाँईले दिनुभएको निवेदन अनुसार उक्त कार्य गर्ने ईच्छा प्रकट गर्नुभएको हुँदा सो कार्य तपाँईबाट सम्पादन गर्न यो सम्झौता तथा कार्यादेस दिएका छौँ । तोकेको कार्य अनिवार्य रुपमा म्यादभित्र सम्पादन गरि फरफराक लिनु होला ।

उक्त पत्रमा सम्झौता गर्ने ब्यक्तिको नाममा अध्यक्ष मण्डलको नाम उल्लेख छ तर हस्ताक्षर भने गरिएको छैन ।वडाध्यक्षलाई दिन तयार पारिएको सम्झौतापत्र र कार्यादेसमा वडाकार्यालयको तर्फबाट तत्कालिन सचिव शकंर बहादुर वि.सी. नाम उल्लेख गरिएको छ भने सम्झौतापत्रमा सचिव वि.सी.को हस्ताक्षर छ ।
ल्हान घर भएका वि.सी. अहिले रिटायर्ड लाईफ बिताईरहेको बताईएको छ ।
प्रतिकृयाकालागि सम्पर्क गर्न खोज्दा वडाध्यक्ष हनुमान मण्डल , तत्कालिन वडासचिव शकंर बि.सी. , अनिरुद् मण्डल सम्पर्कमा आएनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh