महेन्द्रनगर ।कञ्चनपुरमा प्रहरीले सुरक्षित चेली अभियान चलाएको छ । जनतासंग हातेमालो गर्दै प्रहरीले सुरक्षित चेली कार्यक्रम थालेको हो ।
कोरोना महामारीको बेलामा समाजमा अपराध नबढोस् भन्ने उद्धेश्यका साथ अभियान सञ्चालन गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीले बताए ।
उनका अनुसार लागुऔषध, घरेलु मदिरा, साइबर अपराध, आत्मरक्षा लगायतलाई निरन्तरता दिइने छ । समाज र प्रहरीको सहकार्यबाट नै अपराध नियन्त्रण गर्न सकिने र समाजलाई सभ्य, सुसंस्कृत बनाउने सकिने प्रहरी निरीक्षक माझीको भनाई छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरले शुक्रवार भीमदत्त नगरपालिका–२ मा सुरक्षित चेली अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
भीनपा–२ का वडाध्यक्ष डम्बर सिंह कार्कीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीको प्रमुख आथित्यतामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक माझी, नागरीक समाज, स्थानीय जनप्रतिनिधि, समाजसेवी, संघसंस्था, स्वास्थ्यकर्मी, शिक्षक÷शिक्षिका, व्यापारी, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !