काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बिदाई भेट गरेका छन् । मंगलबार बिहान उपराष्ट्रपति निवासमा प्रधानसेनापति थापाले बिदाई भेट गरेका हुन् ।
उनी कायम मुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मालाई लिएर उपराष्ट्रपति निवास पुगेका थिए । प्रधानसेनापति थापाको ३ वर्षे पदावधि भदौ २४ गतेबाट सकिँदैछ ।
उनले भदौ २४ बाट अनिवार्य अवकाश पाउने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा रथी शर्मालाई नियुक्त गरेकी छन् । प्रधानसेनापति थापा साउन २५ देखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो । उनले साउन २६ गतेबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी पाएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !