बैतडी । बैतडीमा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
बुधबार राति ९ बजेतिर उनीहरूलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताउनुभयो ।
घरभन्दा अलि पर मकैबारीमा जंगली बँदेल मार्नका लागि छोडिएको तारबाट उनीहरूलाई करेन्ट लागेको प्रहरी निरीक्षक ओझाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !