काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको बताएका छन् । बुधवार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले आफूलाई वैकल्पिक बाटो दिएर उचित ठाउँमा पठाए जिम्मेवारी स्वीकार गर्ने बताए ।
उनले आफूलाई राजीनामा दिन कसैले नभनेको पनि तर अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिएका छन् ।आफूले राम्रो काम गरिरहेकाले जिम्मेवारीविहीन गर्न नमिल्ने उनको तर्क छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !